• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

रेडियो बाजुराले आफ्नो प्रसारण २०६४ चैत्र ३ गतेबाट सुरु गरेको हो । सामुदायिक रेडियो रेडियो बाजुरा को क्षमता ५०० वाट छ । १०४ मेगाहर्ज फ्रिक्वेन्सी रहेको रेडियोको प्रसारण केन्द्र बाजुरा जिल्लको सदरमुकाम बडिमालिका नगरपालिका वडा नं १२ मा छ । रेडियो बाजुरा सामाजिक विकास संस्था पीसविन (PeaceWin) ले संचालन गरेको छ । यो संस्था वि.स २०४७ साल देखि सुदूरपश्चिमा अञ्चल का विभिन्न जिल्लामा बालअधिकार, महिला नेतृत्व सीपविकास, सुशासन, आय आर्जन, कृषि–वन, स्वास्थ्य क्षेत्रमा क्रियाशील छ । रेडियो बाजुराको आफ्नै स्टूडियो भवन छ र स्थानीय मानवस्रोतको क्षमता अभिबृद्धि गरी बालबालिका महिला, युवाका सवालमा कार्यक्रम संचालन गरिरहेको छ ।

प्रशारण क्षेत्र

रेडियो बाजुराको प्रसारण क्षेत्र बाजुरा जिल्लाका सबै गाविस/नगरपालिका र अछाम,बझाङ,कालिकोटमुगु सम्म पहुँचमा छ ।

परिकल्पना

वृहत्तर सामाजिक रुपान्तरणमा केन्द्रित“सूचना, शिक्षा– सुशासन र सामाजिक समुन्नतीकाकागि रेडियो बाजुरा” रेडियो बाजुराको परिकल्पना रहेको छ ।

ध्यय

मानवमाथिहुने सम्पूर्ण प्रकारकाविभेदको अन्तगर्न सत्य–तथ्य, ताजा सूचना र संचेतनामुलककार्यक्रम प्रसारण गर्ने ।

लक्ष्य

मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा केन्द्रितदायित्वप्रतिजिम्मेवार व्यक्ति, समाजविकासको लागिप्रभावकारी सुचना र सशक्त शिक्षा मुलक कार्यक्रम प्रसारण गर्नु रेडियो बाजुराको ध्यय रहेकोछ ।

उदेश्य

माथिउल्लेखितलक्ष्यप्राप्तगर्न रेडियो बाजुराका उद्देश्यनिम्नानुसार रहेकाछन् :

  1. विश्वसनिय, सन्तलित र सही समाचार संकलन, उत्पादन र प्रसारण गरी समाजलाई सुसूचितगर्ने ।
  2. मानवीय सोचमा सकारात्मक परिवर्तन ल्याउनविचार प्रधान, उपयोगीशिक्षामुलकमनोरन्जनात्मक, स्थानीयअसल संस्कृतिको संरक्षण गर्ने कार्यक्रमउत्पादनतथा प्रसारण गरी स्वालम्बी समाजविकासमा सहयोग गर्ने ।
  3. सामुदायिकविकासमा समुदायको सहभागिताअभिबृद्धि गर्न उत्प्रेरित गर्ने कार्यक्रम संचालनगर्ने ।
  4. बालबालिका, महिलाएवं उत्पीडित वर्गको अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै समानतापूर्ण, सुशासित, समुन्नत समाज विकासका लागि शिक्षा, स्वास्थ्य, जलवायु अनुकुलन, वातावरण व्यवस्थापन, आर्थिक बृद्धिमा सहयोगी संचेतना मुलक स्थानीय विषय वस्तुमा आधारित कार्यक्रम उत्पादन र प्रसारण गर्ने ।
  5. रेडियो बाजुराको संस्थागत क्षमता विकास, कार्यक्रम उत्पादन, सूचना आदान–प्रदान गर्न समान उद्देश्य भएका विभिन्न संस्था तथा नेटवर्क संग हातेमालो गर्ने ।

प्रतिबद्धता

लक्ष्य र उद्देश्यहरु पाप्त गर्न रेडियो बाजुरा निम्न कुरामा प्रतिवद्ध छ :

  • आधुनिक संचारका न्यूनतम सिद्धान्तको पालना गर्दै निष्पक्ष, सन्तुलित र सही पनमा आधारित विषय वस्तुमा अडिग रहन्छौं ।
  • स्रोताको अभिव्यक्ति स्वतन्त्रताको मौलिकहक संरक्षणका लागि जस्तोसुकै चुनौतीसँग संघर्ष गर्न प्रतिबद्ध छौं ।
  • लोकतान्त्रिक व्यवहार, कानुनी राज्य, प्रतिस्पर्धी समाज विकास कालागि रेडियो प्रसारण सामग्री उत्पादन र प्रसारणमा समर्पित छौं ।
  • रेडियो बाजुरालाई स्थानीय समुदायको सहभागितामा संचालन गर्दै सामुदायिक रेडियोको धर्म पूरा गर्न खुला छौं ।

प्रशारणमा भाषागत संयोजन

रेडियो बाजुराले नेपाली भाषा लाई राष्ट्रिय एकताको प्रतिक मान्दछ । स्थानीयभाषातथाभाषिकाहरुको संरक्षण र विकासमा संचार माध्यमले जिम्मेवारीपूर्ण तरिकाले भूमिकानिर्वाहगर्नुपर्छ भन्ने मान्यता राख्दछ ।नेपालीलाई प्रसारणको मूल भाषा बनाएर स्थानीय भाषाहरुमा कार्यक्रम तथा समाचार बुलेटिनहरु प्रसारण गर्दछ ।

संचालन प्रणाली

रेडियो संचालनकालागि साधारण सदस्यबाट नौ सदस्यीय रेडियो व्यवस्थापक समिति रहन्छ । यस समितिले तयार गरेकानीतिको अधिनमा रही रेडियो संचालन हुन्छ । समितिद्धारा नियुक्त स्टेशन संयोजकको दैनिककामको जिम्मेवार आधिकारीक हुन्छ ।

सामग्री संयोजन

रेडियो बाजुराले स्थानीय हाल खबर, रेडियो रिपोट, बालबालिका, महिला, युवा वर्गको हितका लागि स्थानीय विषय वस्तुमा आधारित कार्यक्रम उत्पादन र प्रसारण गर्दछ । दैनिक प्रसारण समयको १५ देखि २० प्रतिशत मात्र अन्य रेडियोले उत्पादन गरेका कार्यक्रम प्रसारण गर्दछ । साथै इन्टरनेट बाट संसारभर सुन्न सकिने छ । जसका लागि यहाँ लग इन गर्नु पर्ने हुन्छ ।

प्रसारण समय

रेडियो बाजुरा दैनिक बिहान ५ देखि राती १०:३० बजे सम्म प्रसारण हुन्छ ।

Radio Bajura
Radio Bajura