• अहिले तरंगमा--हालखबर विशेष
    केहि छिनमा-- सुचना/विज्ञापन

६ लाख ५० हजार लगानी गरेर मिल सञ्चालन

बाजुरा, जेठ ८ गते जिल्लाको बाह्विसका कैलाश सुनारले कैलालीको अत्तरिया बजारमा सुनचाँदी पसल छोडेर मिल व्यवसाय गरेर राम्रो आम्दानी गरिरहनु भएको छ । सुनचाँदी व्यवसायबाट सन्तुष्ट नभएपछि सुनारले कुटानी पीसानी मिल सञ्चालन गरिराख्नु भएको छ । सुनचाँदी पसलमा दाईलाई...

१० परिवार एमालेमा प्रवेश

बाजुरा, जेठ ७ गते जिल्लाको बडिमालिका नगरापलिका ७ जिल्लीका स्थानीय १० परिवार काँग्रेस र माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । काँग्रेस र माओवादीले जनताको हितमा काम गर्न नसक्ने र नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै एमालेमा प्रवेश गरेको बताएका...

बाजुरामा ८० प्रतिशत योजना सम्पन्न

बाजुरा, जेठ ७ गते जिल्ला समन्वय समिति बाजुरा अन्तरगतका योजनाहरु ८० प्रतिशत योजनाहरु सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिको अनुदान कार्यक्रम,नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, जल स्रोत व्यवस्थापन परियोजना, कर्णाली स्वरोजगार...

लाखाैको तरकारी किरा लाग्दा किसान चिन्तित

बाजुरा, जेठ ७ गते । आलु लगायत तरकारी खेतीमा किरा लागेपछि गडखेतका किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउली लगाएको तरकारीमा रोग किराले कुहीएर नोक्सानी भएपछि किसानहरु चिन्तित बनेका हुन् । सदरमुकाम नजिकको गाउँ, ढुवानी गर्न र विक्री गर्न सजिलो, नगद...

एक दिने अभिमुुखिकरण गोष्ठी सञ्चालन

बाजुरा, बैशाख ३१ गते युनिसेफ नेपाल र विश्व शिक्षा नेपालको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयसँगको समन्वय र सेतो गुराउँस बाल विकास सेवा बाजुराको आयोजनामा एक दिने अभिमुुखिकरण गोष्ठी सञ्चालन गरिएको हो । शिक्षक अभिभावक संघ र विव्यसका नेतृत्व कर्ता बीचको...

सूर्तिजन्य पदार्थको नियन्त्रणमा सबै लागौं

बाजुरा, बैशाख ३१ गते सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष सजक र सचेत हुनु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अभिमुखिकरण गोष्ठीका सहभागिहरुले सूर्तिजन्य पदार्थको प्रयोगले स्वयम व्यक्तिलाई...

हिंसा पीडितको न्यायका लागि लड्न समूह गठन

बाजुरा, बैशाख २१ गते लैङ्गिक तथा घरेलु हिंसा पीडितको न्यायका लागि जिल्लामा क्रियाशिल पत्रकारहरुको समुह गठन गरिएको छ । लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपनि पीडितले न्याय नपाएको गुनासो बढ्न थालेपछि सहजिकरण र न्यायमा पहुँचका लागि समूह गठन...

पोषण बारे पुर्नताजकिय तालिम सुरु

बाजुरा, बैशाख २१ गते । जिल्लाको पोषण अवस्था सुधार ल्याउन आवश्यक ज्ञान सिप बारे जानकारी दिन मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्य कर्मी, पोषण सरोकारवाला र महिला स्वास्थ्य...

मालिका माविमा अंग्रेजी माद्यायमको पढाईलाई प्रभावकारी बनाईदै

बाजुरा, बैशाख १९ गते । सरदुकाम मार्तडीमा रहेको मालिका माद्यामिक विद्यालयमा अंग्रेजी माद्यायमको पढाईलाई प्रभावकारी बनाउदै लगिएको छ । विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले अंग्रेजी माध्यामलाई प्रभावकारी बनाउदै लगिएको हो । विगत...

टुहुरा बालबालिकालाई विद्यालय भर्ना

बाजुरा, बैशाख १८ गते । जिल्लाको पाण्डपगुफा गाउँपालिकाका ३ जना टुहुरा बालबालिकालाई विद्यालयमा भर्ना गरिएको छ । उनीहरुलाई महिला तथा बालबालिका कार्यलयको सहयोगमा  आइतबार विद्यालयमा भर्ना गरिएको हो । विगत केही वर्षदेखि आमाबुवाबाट टाढिएका दुई दिदिबहीनी र एक...

चुनावका लागि तीन तहको सुरक्षा घेरा

काठमाडाैं, बैशाख २० गते । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा म्यादी प्रहरी गरी ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा...

दरबन्दी अनुसारका कर्मचारी नहुँदा जिल्ला कृषि विकास कार्यालयको कामकाज प्रभावित

बाजुरा, बैशाख २० गते । दरबन्दी अनुसारका कर्मचारी नहुँदा जिल्ला कृषि विकास कार्यालयको कामकाज प्रभावित भईरहेको छ । कार्यालयमा ३ जना अधिकृत तहको कर्मचारी देखि एक दर्जन कर्मचारीको दरबन्दी खाली रहेको छ । सेवा केन्द्र र जिल्ला कार्यालय गरी ३३ जना कर्मचारीको...

बैतडीका १० वटै स्थानीय तहमा एमालले लगायो उम्मेद्वारको टुंगो

बैतडी, वैशाख १२ गेत । बैतडीका १० वटै स्थानीय तहमा एमालले उम्मेद्वारको टुंगो लगाएको छ । एमाले प्रदेश कमिटीको धनगढीमा बसेको बैठकले १० वटै तहका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लगाएको हो । जसमा दशरथचन्द नगरपालिकामा मेयरमा देवदत्त भट्ट, उपमेयरमा...

हत्या आरोपमा दुइ भाइ र छोरी पक्राउ

धनगढी, बैशाख १२ गते ।  मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवम् अनुसन्धानका क्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता...

२२ लाख थान पुस्तक आवश्यक पर्ने प्रदेश ७ मा १६ लाख २५ हजार मात्रै पाठयपुस्तक भित्रिए

प्रदेश ७ बैशाख १२ गते ।  नयाँ शैक्षिक सत्रसुरु भएको १० दिन वितिसक्दा समेत प्रदेश नम्बर सातमाा अझै पुस्तकको अभाव कायमै छ । २२ लाख थान पुस्तक आवश्यक पर्ने प्रदेश नम्बर सातमा हालसम्म १६ लाख २५ हजार मात्रै पाठयपुस्तक भित्रिएका छन । जसका कारण प्रदेश नम्बर सातका...

निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको ड्राइ टेस्ट जेठ १ गते गर्ने

दार्चुला, बैशाख १२ गते । दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको ड्राइ टेस्ट जेठ १ गते गर्ने तयारी भएको छ । निर्माण भएका उपकरण कन्डिसनमा छन् वा छैनन् र जडान ठिक तबरले गरिएको छ वा छैन भनेर यो परिक्षण गर्न लागिएको हो ।  चमेलिया...

उद्योग वाणिज्य महासंघको आगामी चुनावको प्रचारका लागि उद्योगीहरुको जम्बो टोली बाजुरा

बाजुरा, चैत्र १५ गते । उद्योग वाणिज्य महासंघको आगामी चुनावको प्रचारका लागि उद्योगीहरुको जम्बो टोली बाजुरा पुगेको छ । महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल नेतृत्वको टोली चुनावी प्रचारका लागि बाजुरा पुगेका हुन् । उद्योग वाणिज्य महासंघको ५१ औं केन्द्रीय...

साझा पार्टीमा लागि हाल्नुहोस् : मिश्र (Audio सहित )

बाजुरा, चैत्र १५ गते । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले देशमा क्रियाशिल कुनै राजनीतिक दलको काम नभएको बताउनु भएको छ । उनीहरुले आफू बन्ने र देश बिगार्ने काम गरिरहेकोले ठूला भनिएका पार्टीहरुको पछि नलाग्न युवाहरुलाई आगं्रह गर्नु भएको छ । रेडियो कार्यक्रम...

कम्यूनिष्टहरुले झुटको खेती गरेको काँग्रेस नेताहरुको आरोप

बाजुरा, चैत्र १४ गते । नेपाली काँग्रेसले सोमबार छेडेदह गाउँपालिकाको आम सभा डोगडीमा सञ्चालन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीत प्रचारका लागि भेला सञ्चालन गरिएको काँग्रेसले बताएको छ । आमसभलाई काँग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे, भूमि सुधार सहायक...

क्षयरोगीको संख्या तिब्र रुपमा बढ्दै

  236 बाजुरा, चैत्र १४ गते । जिल्लामा क्षयरोगका विरामीको संख्या लगातार बढ्न थालेको छ । गएको तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा वर्षेनी क्षयरोगीको संख्या वृद्धी भएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७०।७१ मा ४० जना ०७१।७२ मा ६१ जना...

Radio Bajura
Radio Bajura