• अहिले तरंगमा--हाम्रो दउडा भाका (फोन इन)
    केहि छिनमा-- गीतहरु

ताजा हालखबर

२०७३ साल माघ १३ गते। बिहीबारको भाग्य रेखा

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल माघ १३ गते। बिहीबार। इश्वी सन् २०१७ जनवरी २६ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्दशी, २९:११ बजेउप्रान्त औंसी। नक्षत्र– पूर्वाषाढा, २१:०० बजेउप्रान्त उत्तराषाढा। योग– हर्षण, १६:२४ बजेउप्रान्त वज्र। करण– भद्रा, १६:३८ बजेदेखि शकुनि, २९:११ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु, २७:२४ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३८ बजे र दिनमान २६ घडी ४८ पला। 
 
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
 
 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 
 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Loading...
Radio Bajura
Radio Bajura