• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

राष्ट्रपति रनिङ सिल्ड आटीचौरमा हुने,

बाजुरा, माघ १३ गत  । 
यो वर्षको राष्ट्रपति रनिङ सिल्ड फागुन १५ देखि १८ गतेसम्म बाजुरा जिल्लाको रमणिया ठाउ आटीचौरमा हुने भएको छ । नवांै राष्ट्रपति रनिङ सिल्ड दशरथ उच्च मावि आटीचौरमा हुने खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताउनु भएको छ । 
 
 
खेलकुद विकास समितिको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिता सञ्चालन हुने मिति र स्थान घोषणा गरेको हो । जिल्ला खेलकुद विकास समितिको बैठकले एथ्लेष्टीक, भलिबल सहीत ११ वटा खेलहरु आयोजना गर्ने गरी खेल आटीचौरमा सञ्चालन हुने निर्णय गरेको हो । 
 
 
राष्ट्रपनि रनिङ सिल्ड यो वर्ष पहिलो पटक मार्तडी बाहिर हुन लागेको हो । अवसर बाँडफाँड गर्नु पर्ने र मालिका उच्च माविसँग मात्र खेलकुद विकास समितिले साँटगाँड गर्ने गरेको आरोपलाई चिर्न पहिलो पटक खेलकुद आटीचौरमा हुन लागेको अध्यक्ष हिक्मत थापाले बताउनु भएको छ । 
 
 
कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने खेलमा अधिकतम विद्यालय सहभागि हुने विश्वास खेलकुद विकास समितिले लिएको छ । जिल्लामा ६४ वटा माध्यमिक विद्यालय रहेका छन् । फिल्ड निर्माण कार्य सम्पन्न भईसकेको र स्थानीयले उचित व्यवस्थापन गर्न समिति उपसमिति गठन गरेरै तयारी थालिसकेकोले आटीचौरमा भव्य हुने अध्यक्ष थापाले विश्वास दिएका छन् । 
 
सहभागि हुने विद्यालयलाई सामान्य भएपनि आर्थिक सहयोग उपलब्ध गराउने र फर्जि विद्यार्थी सहभागि गराएको पाईएमा विद्यालयलाई पाँच वर्षसम्म प्रतिवन्ध लगाउने तयारी खेलकुद विकास समितिले गरेको छ । 
 
 
अध्यक्षमा मनोनित पछि खेलकुद क्षेत्रको विकासमा प्रतिवद्ध भएर लागेको र त्यका लागि नमुना योग्य काम गरिरहेको दाबी गर्दै थापाले २३ वर्षपछि लाल पूर्जा खेलकुद विकास समितिको नाममा लिएको, पहिलो पटक क्षेत्रीय खेल बाजुरामा आयोजना गरेको बताउनु भएको छ । 
 
 
उहाँले आटीचौरमा रहेको खेल मैदानमा १ सय मिटर दौडका लागि रिङमा दौडीनु नपर्ने र ट्याक पनि २ सय मिटरको बनाउने बताउनु भएको छ । थापाले आवास तथा अन्य व्यवस्थापनका लागि पनि आशंका गर्नु पर्ने ठाउँ नहुने बताउनु भएको छ ।
 
 
उहाँले आटीचौरमा आफूले गर्ने बचन बोलिसकेकोले निर्णय फिर्ता लिनु भन्दा पदबटै राजिनामा दिने चेतावनी समेत बैठकमा दिएको बताउनु भएको छ । 
 

Loading...
Radio Bajura
Radio Bajura