• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

ताजा हालखबर

साँफे मार्तडी सडक तिब्र गतिमा निर्माण, आगामी असारभित्र मार्तडीसम्म ग्राभिल हुने

रेडियो बाजुरा, 
बाजुरा, माघ १९ गते ।
२२ वर्ष पहिले शिलान्यास गरिएको साँफे मार्तडी सडक निर्माणले गति लिएको छ । आउँदो वर्षको असोज भित्र मार्तडीसम्म ग्राभिल कार्य सम्पन्न गर्ने गरी काम तिब्र गतिमा सञ्चालन भईरहेको छ । 
 
युद्धकालिन अवस्था, आर्थिक अभाव र ठेकेदारको ढिलासुस्तीले गति लिन नसकेको सडकमा पछिल्लो समय तिब्र रुपमा काम भईरहेको छ । आगामी असारभित्र मार्तडीसम्म ग्राभिल र २०७५ असारसम्म कालो पत्रको काम सक्ने गरी काम भईरहेको साईड इन्चार्ज देव जोशीले बताउनु भएको छ । 
 
५७ किलोमिटर साँफे मार्तडी सडक २०५२ सालमा शिलान्यास गरिएको थियो । ३३ किलोमिटर ओटासिल भईसकेको उक्त सडकमा २४ किलोमिटर कच्ची सडक छ । त्यो मध्ये तिपाडासम्म कालोपत्रे यही असारमा सकिने छ । भने रापकसम्म ग्राभिल हुने कम्पनीले बताएको छ । 
 
निर्माणका लागि पीएस कन्ट्रक्सनले जिम्मा लिएको छ । ६६ करोडको लागतमा कालोपत्रे गर्ने गरी सम्झौता भएको ठेका आगामी असोजमा सकिने छ । बीचमा नाकाबन्दीले काम प्रभावित भएकोले अर्को वर्षसम्म जाने कम्पनीका इन्चार्ज प्रेम थापाले बताए । कम्पनीले विहान ७ देखि ११ र दिँउसो १ः३० देखि ५ बजेसम्म सडक नै बन्द गरेर काम सञ्चालन गरिरहेको साइड इन्चार्ज देव जोशीले बताउनु भएको छ । 
 
कामका लागि मात्र ९ वटा स्काईभेटर २ वटा लोडर, २ सय ५० जना भन्दा बढी कामदार कार्यरत रहेका छन् । हाल बार्जुगाडदेखि कालोपत्रको काम भईरहेको छ । भने मार्तडीबाट दोहोरो सडक निर्माण कार्य भईरहेको छ । जिल्ला बासीको प्रमुख सवालको विषय रहेको उक्त सडक गएको वर्षदेखि धमाधम काम भईरहेको छ । मार्तडीबाटै दोहोरो निर्माण कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन् । 

Loading...
Radio Bajura
Radio Bajura