• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

आम सभाको तयारीमा जुट्न निर्देशन

बाजुरा, माघ १९ गते ।
नेकपा एमालेका नेताहरुले फागुन २९ गते जिल्लाको फालासैनमा आयोजना हुने बृहत आम सभाको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 
 
कुल्देवमाडौं गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले नेताहरु चन्द्रबहादुर थापा, रामबहादुर बाँनीया, हिक्मत थापा दिलबहादुर कुँवर विष्णु अयडी, मोतिसिंह बुढा रुक्मीणी शाह लगायतले शक्ति प्रर्दशन हुने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गरेका छन् । 
 
चार महिने जनपरिचालन अभियान अन्तर्गत आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेला गाउँ कमिटी अध्यक्ष हेमराज जैशीको अध्यक्षतामा सञ्चालन भएको थियो । 
 
एमाले सचिवालय सदस्य चन्द्रबहादुर थापा प्रमुख अतिथि रहनु भएको कार्यक्रमको स्वागत मन्तव्य काल्चे गिरीले गर्नु भएको थियो भने सञ्चालन हिमाल शाहले गर्नु भएको हो । 
 

Loading...
Radio Bajura
Radio Bajura