• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सुरु

कोल्टी माघ १९ गते ।
जिल्लाको कोटीला गाउँ बाल संरक्षण समितिले गाविसमा रहेका सम्पूर्ण विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन सुरु गरेको छ । गाविसमा रहेका पशुपति प्रावि दैया, बागेश्वरी निमावि कोटीला, बडिमालिका प्रावि वीरसैन, मष्टा प्रावि खोया नन्देश्वरी मावि कोटीलामा अतिरिक्त कक्षा  सञ्चालन सुरु गरेको हो । 
 
विद्यालय समयको पढाईले पाठ्यक्रम अनुसार पाउनु पर्ने ज्ञान पाउन नसक्ने र शिक्षण सिकाई पनि प्रभावकारी नहुने भन्दै गणीत, विज्ञान, अंग्रेजी जस्ता विषयको अतिरिक्त कक्षा सञ्चालन सुरु गरिएको गाउँ बाल संरक्षण समिति संयोजक तुलाबहादुर मल्लले बताउनु भएको छ । 
 
गाउँ बाल संरक्षण समिति कोटीलाले बार्षिक कार्ययोजना समेत निर्माण गरेर उक्त कार्यको थालनी गरिएको हो । प्रति शिक्षक मासिक थप ११ सय रुपैया सुविधा दिने गरी कक्षा सञ्चालन गरिएको छ । जसमा पहिलो चरणमा समितिले २७ हजार रुपैया सहयोग गरेको मल्लले बताउनु भएको छ । अतिरिक्त कक्षा विद्यालय समय बाहेक विहान बेलुका सञ्चालन भईरहेको छ । 
 

Loading...
Radio Bajura
Radio Bajura