• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

आयोडिन नुन प्रयोग गर्न आग्रह

बाजुरा, माघ १९ गते ।
आयोडिन नुन प्रयोग गर्न सबैलाइ जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आग्रह गरेको छ । आयोडिनको प्रयोगले बालबालिकाहरुको मानसिक फुर्तिला र शारिरिक शक्ति बढ्ने भएकाले सबैले आयोडिन नुन प्रयोग गर्न आग्रह गरेको हो । 
 
आयोडिन नुनले गर्दा गर्भावस्था देखि जीवनको हरेक अवस्थामा बाँच्न स्वस्थ रहन र पुर्ण रुपमा मानसिक तथा शारिरिक विकासका लागि मानिसलाइ विभिन्न पोषकतत्वहरुको आवश्यक लरहने हुदा दुइ बालबालिकाको चिन्ह भएको आयोडिन नुन प्रयोग गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर मोहन नाथले बताउनु भएको छ ।
 
आयोडिनको नुन प्रयोग नगर्दा बालबालिकाहरु बामपुड्के ख्याउटे र गलगाड हुने भएकाले सबैले दुइ बालबालिकाको चिन्ह भएको आयोडिन नुन प्रयोग गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराले सबैमा आगह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले ढिके नुन भन्दा आयोडिन नुनले सबैलाइ पुर्तिलो बनाउने भएकाले यसको प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । ढिके नुनमा कुनै आयोडिन नहुने भएकाले यसलाइ रोकी आयोडिन नुन प्रयोग गर्नुपर्नमा निमित्त प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले बताउनु भएको छ । 
 
मंगलबार बसेको जिल्ला स्तरिय सरोकारबालाहरुको बैठकले बसेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथको अध्यक्षतामा संचालन भएको बैठकको प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाही रहनु भएको थियो ।
 
 
कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी प्रेम बहादुर सिंह,प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटी,जिल्ला कृषि विकास कार्याल्य बाजुराका वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठ,अन्य गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बैठकले फेव्रअरी महिनाका भरी आयोडिन महिना मनाउने बताइएको छ । 
 
जिल्लाका २४ गाविस र १ नगरपालिकामा जिल्लाका गैर सरकारी संस्थाले मनाउने भएका हुन् । आयोडिन नुनको तरकारीमा प्रयोग यसका फाइदा र यसवाट हुने गर्भवती महिलालइ फाइदाका बारेमा जानकारी गराइने भएको हो । 
 
बैठकले पहिलो हप्तामा सुआहारा बाजुराले १७ गाविसमा स्वास्थ्य आमा समुहलाइ स्वास्थ्य शिक्षा दिने र अन्य १० गाविसमा मानव संसाधन केन्द्र बाजुराले पोषण तथा खाद्य कार्यक्रम लागु भएका गाविसहरुका वडाहरुमा स्वास्थ्य आमा समुहहरुलाइ स्वास्थ्य शिक्षा दिने र पीसविन बाजुराले जिल्लाका कोल्टी,जगन्नाथ,बाँधु,पाण्डुसैन र गोत्री गाविसका ५ विद्यालयहरुमा विद्यालय स्तरिय आयोडिन नुनको बारेमा शिक्षाहरु संचालन गर्ने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सुधनराज गौतमले बताउनु भएको छ । यसैगरी दोस्रो हप्तामा ६ गाविसमा संचालन भएको पोषणको केन्द्रमा ¥याली र आयोडिन नुनको बारेमा प्रचार प्रसार गर्ने भएको हो । 
 
बैठकले तेस्रो हप्तामा सुआहारा बाजुराले १७ गाविसमा स्वास्थ्य आमा समुहलाइ स्वास्थ्य शिक्षा दिने र अन्य १० गाविसमा मानव संसाधन केन्द्र बाजुराले पोषण तथा खाद्य कार्यक्रम लागु भएका गाविसहरुका वडाहरुमा स्वास्थ्य आमा समुहहरुलाइ स्वास्थ्य शिक्षा दिने र पीसविन बाजुराले जिल्लाका कोल्टी,जगन्नाथ,बाँधु,पाण्डुसैन र गोत्री गाविसका ५ विद्यालयहरुमा विद्यालय स्तरिय आयोडिन नुनको बारेमा शिक्षाहरु संचालन गरिने भएको हो । 
 
 
आयोडिन महिनाको अन्तिम हप्तामा आयोडिनको मात्रा र आयोडिन नुनको शुद्धता मापनका लागि साल्ट ट्रनिङ्ग संग आवश्यक किटहरु माग गरी साल्ट ट्रनिङ्गको डिपो र ओसिटी सेन्टरमा प्रयोग गर्ने र कोल्टी र मार्तडीका बजार क्षेत्रमा आयोडिन नुनको प्रयोगका बारेमा बजार अनुगमन गगर्ने निर्णय भएको गौतमले जानकारी दिनु भएको छ ।
 

Loading...
Radio Bajura
Radio Bajura