• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

चुनाव विरोधी विद्यार्थी होइनन : अधिकारी

 

बाजुरा, माघ १७ गते ।
अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष आरसी अधिकारीले फागुन १४ गते स्ववियु निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नु भएको छ । नेविसंघको खोल ओढेका केही व्यक्तिहरुले उमेरको हदबन्दीको कारण देखाएर विरोध गर्दैमा केही नहुने बताउनु भएको छ ।

रेडियो कार्यक्रम साझा सरोकारसँग कुरा गर्दै अधिकारीले क्याम्पसको ढोका कुरेर बसेका, गुण्डागर्दीको आडमा नेता हुने सपना देखेका केही नेविसंघ धारीहरुको विरोधले कुनै फरक नपर्ने भएको चुनाव केन्द्रीत हुन विद्यार्थीलाई अपिल गर्नु भएको छ ।

विद्यार्थी शैक्षिक र वौद्धिक व्यक्तिहरुको जमात भएकोले खरिद विक्रीको कल्पना गर्न नसकिने बताउनु भएको छ । उहाँले मुद्दाहरु स्थापीत कस्ले गर्न सक्छ र नेपाली सर्वहारा विद्यार्थीको हितमा को संगठन ठिक छ, त्यो छुट्याउने अधिकार स्वयम विद्यार्थीकै हुने बताउनु भएको छ ।

सत्ता समिकरणको प्रभाव कति पर्छ भन्ने प्रसगमा अधिकारीले जितका लागि परिस्थिति अनुकुल निर्णय गरेर अघि बढ्ने तर साझेदारीका नाममा समपर्ण नगर्ने बताउनु भएको छ । उहाँले २८ वार्ष हदबन्दीले वास्तविक विद्यार्थीहरुले नेताहुन पाउने अवसर पाउने बताउनु भएको छ ।   

 


Loading...
Radio Bajura
Radio Bajura