• अहिले तरंगमा--हाम्रो दउडा भाका (फोन इन)
    केहि छिनमा-- गीतहरु

ताजा हालखबर

भेडा बाख्राको संख्या मात्र ९१ हजार बढी भएपनी व्यवसायीक संख्या भने न्यून

बाजुरा, माघ २१ गते ।
जिल्लामा व्यवसायीक पशुपालकहरुको संख्या निकै न्यून देखिएको छ । पशुपालनको प्रचुर संभावना रहेपनि जिल्लामा व्यवसायीक रुपमा पशुपालन गर्ने किसानको संख्या भने न्यून रहेको जिल्ला पुश विकास कार्यालयले बताएको छ । 
 
जिल्ला पशु विकास कार्यालयमा गाई, भैसी, बाख्रा, बंगुर भेडा लगायतका पशुहरुको फर्म दर्ता संख्या १ सय पनि नपुगेको निमित्त कार्यालय प्रमुख सिद्धराज जोशीले बताए । जोशीका अनुसार हालसम्म ६४ वटा बाख्रा पालनका फर्म दर्ता भएका छन् । भने भेडाका फर्म निकै कम दर्ता छन् । 
 
गाई फर्म भने अहिलेसम्म दर्ता नभएको अवस्था छ । बंगुरका २ छन् भने भैंसी पालको पनि १ वटा मात्र दर्ता भएको छ । जल, जमिन र जंगज प्रर्याप्त भएपनि यहाँका किसानले पशुपालनलाई व्यवसायीक बनाएका छैनन् । स्थानीय बजारमा दुध र मासुको उच्च माग भईरहँदा जिल्ला बासीमा भने व्यवसायीक पशुपालन तर्फ चाँसो नै पुगेको देखिदैन । 
 
बढी संख्यामा दर्ता गरिएका बाख्रा र्फमहरु मध्ये विरेन्द्र शाह, राजेन्द्र थापा र धर्म शाहीको मात्र राम्रो र व्यवस्थीत रहेको कार्यालयको भनाई छ । उनीहरुले बाख्रा पालनबाटै राम्रो आम्दानी गरेरै परिवार पाल्ने गरेका छन् । भैसी पालन जिल्लाको कैलाशमाडौंका रोहिणी प्रसाद पाध्यायले मात्र फर्म दर्ता गरेको कार्यालयसंग तथ्याङ्क रहेको छ । 
 
भेडा बाख्राको संख्या मात्र जिल्लामा ९१ हजार बढी रहेको छ । तर व्यवासायीक रुपमा फर्म दर्ता नै गरेको देखिदैन । पशु विमा गर्नु पर्छ, संस्थागत दर्ता गर्नु पर्छ भन्ने किसानहरुलाई चेतना नै नभएको निमित्त पशु विकास अधिकृत जोशीको भनाइ छ । 
 

Loading...
Radio Bajura
Radio Bajura