• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

स्थानीय निर्वाचनका लागि सहभागी हुन नाै दल दर्ता

बाजुरा, माघ २१ गते ।
स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागी बाजुराका राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बाजुरामा विवरण पेस गरी दल दर्ता गराएका छन् ।
 
निर्वाचन आयोगले सोमवार अर्थात् माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बाजुरामा अन्तिम दिनसम्म नौ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बाजुराका निमित्त जिल्ला निर्वाचन अधिकारी मानबहादुर थापाले जानकारी दिनुभयो ।
 
पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा जनसमाजवादी (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँशक्ति पार्टी नेपाल, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् । जिल्लामा रहेका क्रियाशील पार्टीले विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।
 
बाजुरामा नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर दुर्गा थापाले बताए । उनले दोस्रो संविधान सभाको चुनावमा भाग लिनका लागि जिल्ला निर्वाचन कार्यालयमा स्वतन्त्र पार्टीसहित १४ दल दर्ता भएको थापाको भनाइ रहेको छ ।
 

Loading...
Radio Bajura
Radio Bajura