• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवाड– २०७३’ का लागि दरखास्त खुला

काठमाडाैं, माघ २१ गते ।
राप्ती समाजले ‘पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७३’को अवार्डका विधाहरूमा दरखास्त आह्वान गरेको छ । समाजले यसपटक पनि विभिन्न ३२ विधामा राष्ट्रिय पुरस्कार वितरण गर्नेछ । केही विधालाई भने राप्तीका कलाकारलाई मात्रै दिइनेछ । 
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा चैत अन्तिम साता हुने अवार्ड कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन समाजले तयारी गरिरहेको अध्यक्ष शशि शर्मा मजगैँयाले बताए ।
 
अवाडमा सहभागी हुन एल्वम वा गीत ०७२ माघदेखि ०७३ माघभित्र प्रकाशित हुनु पर्नेछ । अवार्डमा सहभागी हुन निश्चित शूल्क बुझाउनु पर्ने हुन्छ । भोटिङ र निर्णायकमण्डलको अन्तिम निर्णयका आधारमा समाजले विजेतालाई अवार्ड दिनेछ ।
 
कार्यक्रम संयोजक गोविन्द मधुर आचार्यले माघ मसान्तभित्र फारमहरू भरेर बुझाउन समय दिइएको छ । सर्वोत्कृष्ट नव प्रतिभा राप्तीका लागि राप्ती अञ्चलले मात्रै सहभागिता जनाउने पाउनेछ । अरु विधामा भने मुलुकभरिका सबैले सहभागित जनाउन पाउने छन् ।
 
सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक दोहोरी गायक, सर्वोत्कृष्ट दोहोरी गायक/गायिका, चलचित्र, नायक/नायिका, गायक/गायिका, रचनाकार, संगीतकार, मोडल, नृत्य, छायाँकार, सुगमसंगीत आदि विधामा पुरस्कार दिइनेछ ।
 
प्रत्येक वर्ष समाजले राष्ट्रियस्तरको पुरस्कार वितरण गर्दै आएको छ । पुरस्कारको गरिमालाई बढाउन निर्णायकमण्डललाई विशेष अधिकार दिइने अध्यक्ष शर्माले बताए । ‘हाम्रो पुरस्कारमा विश्वास बढोस् भनेर निर्णायकमण्डललाई विशेष अधिकार दिएका छौँ’, उनले भने, ‘हाम्रा लागि विश्वास नै सबैभन्दा ठूलो उपलब्धि हो ।’

Loading...
Radio Bajura
Radio Bajura