• अहिले तरंगमा--हाम्रो दउडा भाका (फोन इन)
    केहि छिनमा-- गीतहरु

ताजा हालखबर

सीके राउतको पक्षमा बाबुराम ! भाइरल बन्यो पुरानो ट्वीट

काठमाडाैं, माघ २१ गते ।

नेपालबाट तराईलाई टुक्र्याएर अलग राष्ट्र बनाउने अभियानमा सक्रय रहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई प्रहरीले ‘राज्य विप्लव’विरुद्धको अभियोगमा पक्राउ गरेलगत्तै बाबुराम भट्टराईको नाम पनि चर्चामा छ ।

तत्कालीन संवैधानिक तथा राजनीतिक सम्वाद सहमति समितिको सभापति भएका बेला बाबुराम भट्टराईले बैठकमा सीके राउतलाई ल्याएर ‘हिट’ बनाएका हुन् । संवैधानिक समितिमा पहिलो पटक सीके राउतले देश टुक्राउने अभिव्यक्ति दिएका थिए । सीके राउतलाई त्यो मञ्च सिंहदरबारभित्र बाबुराम भट्टराईले मिलाएका हुन् ।

त्यसको केही समयपछि ०७१ साल भदौमा सीके राउत देश टुक्र्याउने अभियानमा सक्रिय रहेकै बेला प्रहरीले मोरङको रंगेलीमा पक्राउ ग-यो । सीके राउत पक्राउ पर्नेवित्तिकै बाबुरामले ट्वीट गर्दै रिहाइको जोडदार माग गरिहाले । बाबुरामले सीके राउतप्रति देखाएको मोहको त्यस बेला चर्को विरोध पनि भएको थियो ।

त्यतिबेला बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका थिए, ‘सीके राउतको विचारसँग हामी सहमत हुन सक्दैनौं तर, उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ । उनलाई तुरुन्त रिहा गरियोस् ।’

सीके राउतलाई लहानसहितका स्थानमा देश टुक्र्याउन अभियान चलाएको अभियोगमा प्रहरीले बिहीबार जनकपुरबाट पक्राउ गरेपछि बाबुराम भट्टराईको त्यो पुरानो ट्वीटलाई चर्चामा ल्याइएको छ । पुरानो ट्वीट भाइरल भएका विषयमा बाबुराम भट्टराईले केही भनेका त छैनन् यसपटक उनले सीके राउतको रिहाइको माग पनि अहिलेसम्म गरेका छैनन् ।


Loading...
Radio Bajura
Radio Bajura