• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

विकासको लयमा बाजुरा

 

कृष्ण ओली
मानव विकास सूचाङ्कमा ७४ औं र गरिबीमा देशकै ७५ औं स्थानमा पर्छ बाजुरा । तर पछिल्लो समय धेरै सूचाङ्कमा निकै अगाडि देखिएको छ । स्वास्थ्यमा छैटौ स्थानमा छ । भने सरसफाईमा १६ औं जिल्लाका रुपमा खुला दिसा मुक्त घोषणा भईसकेको छ ।


सदरमुकामसम्म नियमित बस सेवा सञ्चालन नहुनु, नागरिकको आयश्रोत निकै कम हुनु नै यहाँको सूचाङ्क पछि पर्नुको पहिलो कारण हो । तर पछिल्लो समय केही लयमा फर्किन थालेको छ । गएको असोजबाट मार्तडीसम्म नियमित बस सेवा सञ्चालनमा छ । भने गाउँमा सडक निर्माण कार्य तिब्र पारिएको छ ।


विकास निर्माणका कामहरु थपिन थालेपछि युवाहरु गाउँमै थन्किएका छन् । विकास निर्माणका कामले युवाहरुले रोजगारी मात्र पाएका छैनन्, गाउँको विकास भएको छ । दुर्गमका बस्तीहरुमा विकासको हावा बहन थालेको आभाष यहाँका स्थानीयले गर्न थालेका छन् ।
खाद्य संस्थानकै चालमको भर पर्नु पर्ने अवस्था हटेको छ । भारतकै भरमा मात्र परिवार पाल्नु पर्ने पीर स्थानीयमा छैन् । गाउँमा विभिन्न लगानीका कामहरु भईरहेका छन् । कतै पुुल निर्माण त, कतै सडक निर्माणको काम तिब्र चलिरहेका छन् । दैनिक राम्रो आम्दानी हुने र परिवारसँगै बस्न मिल्ने भएपनि युवाहरु गाउँकै रमाएका छन् ।


भन्दा फरक पर्दैन विकासमा बाजुराले फड्को मार्न थालेको छ । २२ वर्षसम्म पनि निर्माण कार्य अधुरै रहेको साँफे मार्तडी सडक कालोपत्रे हुने क्रमजारी छ । आउँदो वर्ष मार्तडीसम्म कालोपत्र कार्य पुरा भई कोल्टीसम्म बस सेवा सञ्चालन हुने संभावना बढेको देखिन्छ । दलका नेताहरुको दाबी पनि आउँदो असोजसम्म कोल्टीमा बस सेवा पुर्याउने छ । हाल पाण्डुसैनसम्म जिप र ट्याक्टर गुड्न थालेका छन् ।


सुदूर तथा मध्ये पश्चिमकै जैतुन जोनको रुपमा बाजुरालाई विकास गरिने लागिएको छ । भने एकीकृत बस्ती विकासको कार्यक्रमबाट बाजुराबाटै परिक्षण स्वरुप सञ्चालन हुने भएको छ । यो वर्षको आर्थिक बजेटमा मात्र ७१ करोड बस्ती विकासकै लागि रकम विनियोजन गरेको छ ।


त्यसका लागि यही माघ १८ भित्र आधिकारी कार्यालय स्थापना हुन लागेको छ । कामलाई गति दिन कार्यालय व्यवस्थान गर्न लागेको सांसद कर्णबहादुर थापाले जानकारी दिए । एकीकृत बस्ती विकासको कामलाई अघि बढाउन कार्यालय स्थापना हुन लागेको हो, त्यसको तयारी अन्तिम चरणमा पुगिसक्यो पत्यक्ष तर्फका सांसद थापाले भने ।


कार्यालय शहरी विकास विभागले माघ १८ गते भित्र स्थानपना गर्ने बताएको छ । जिल्लामा १६ गाविस प्राकृति प्रकोपको उच्च जोखिममा छन् । ८० प्रतिशत बढी भूभाग मानव बस्ती बस्न लायक नभएको भुगर्व विदहरुको अध्ययनले देखाएको छ । भूगोलको थप अध्ययनका लागि कन्सल्टेन्ट छनोट भएको काम सुरुको चरणमा छ ।


यसै वर्ष मात्र त्यस्तै पशपंक्षी मन्त्रालयबाट च्याडग्रा, भेडा, चौरी लगायतका बस्तुको पालन गरी आयआर्जनमा सघाउ पुरयाउने गरी लाईफस्टक कार्यक्रम पनि जिल्लामा सञ्चालन हुने भएको छ । कार्यक्रम युवाहरुलाई लक्षित गरेर सञ्चालन हुन लागेको हो ।


त्यो बाहेक जिल्लामा तत्कालको खाद्य समस्यालाई समाधान गर्न कामको लागि खाद्यान्न कार्यक्रम अन्र्तगत २० हजार क्वीन्टल चामल पठाउने तयारी सरकारले गरेको छ । जस अन्तर्गत ३३ वटा निर्माणका काम हुनेछन् । विद्यालय भवन, खेल मैदान, कृषि सडक जस्ता काम स्थानीयकै सहभागितामा गर्न लागिएको सांसद पेम्बा गुरुग भोटेले बताए ।
राहत भनेर चामल मात्र बाँडेर परनिर्भरता बढ्ने हुँदा आफ्नो गाउँ आफै बनाउने गरी राहतको कार्यक्रम सञ्चालन गर्न लागिएको भोटेले बताए । यो वर्षमात्र जिल्लामा तीन वटा खेल मैदान निर्माण सुरु भएको छ । भने सुविधा सम्पन्न कवर्ड हलपनि निर्माणको क्रममा छ ।

एकीकृत बस्ती विकासको काम सुरु हुँदैछ । जैतुन खेतीको प्रवद्र्धन गर्न जिल्लामै कार्यालय स्थापना हुने र सुदूर तथा मध्ये पश्चिमका संभावित जिल्लाका परिक्षण केन्द्रका रुपमा विकास भईरहेको छ ।गाउँ गाँउमा सडक सञ्जाल जोडिन थालेका छन् ।

 

 


बाजुरालाई जैतुनको जिल्लाका रुपमा घोषणा गर्ने गरी जैतुन जोनको अवधारणा पनि अघि सारिएको छ । त्यसका दागि उपसचिव सहीत रहने कोल्टीमा कार्यालय स्थापनाको काम ुसुरु भईरहेको छ । जुन संरचना निर्माण हुँदै गएका छन्, त्यसले बाजुरामा विकासको लय लिनेक्रब बढेको भन्छन्, काँग्रेस नेता नरेन्द्र रोकाया ।


जिल्लाका सबै गाविसका वडामा सडक सञ्जाल जोड्न काम योजना निर्माणमा नेताहरु एकमत देखिएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विकासमा एकता गर्ने प्रतिवद्धता यस अघि नै जनाई सकेका छन् । यसका लागि ५७ करोड बजेट माग गरिएको सांसद थापाले जानकारी दिए ।


बाह्रविसको डावबाट खप्तड सडक, सिगाडादेखि गाविस भवन, वेतालमाण्डौदेखि गाविस भवन जोड्न सडक, कुल्देउमाडौको फालासैनदेखि गाविस सम्मको सडक, व्रहमतोलाको सेरा बजारदेखि पशुपति उमावि र ताप्रीसेरादेखि गाविस भवन र बल्देदेखि आटिचौरको लम्गाऊसम्मको सडक, मार्तडीदेखि पीनालेखसम्मको सडकलाई पीच गर्नका लागि मन्त्रालालयमा आर्थिक माग गरिएको छ ।


त्यसका लागि भौतिक योजना मन्त्रीको तोक आदेशभई अहिले साँफेवगर मार्तडी सडक डिभिजन कार्यालयले डिटेल स्टेमेट बनाउन सुरु गरेको बताएको छ । त्यस्तै जडागादेखि बुढाकोर्ध र आटीचौरदेखि बडालेखसम्मको पर्यटन मार्ग सडक बाटो खोल्ने नयाँ योजना पनि माग गरिएको छ ।
सांसदहरुले उज्यालो बाजुरा, एक क्षेत्र एक खेलमैदान, एक गाउँ एक सहकारी जस्ता अभियानलाई अघि सारेका छन् । जिल्लामा एकसाथ दुई वटा फुटबल मैदान र १ वटा क्रिक्रेट मैदान निर्माण भईरहेका छन् । मैदानको आकार दिने कार्य पूरा भईसकेको छ । भने प्याराफिट निर्माण देखिको अन्य काम हुन बाँकी छ ।
क्षेत्रीय स्तरको खेल पनि जिल्लामा यो वर्ष सञ्चालन गरिएको छ । सातौ राष्ट्रिय खेलका लागि महिला भलिबल तर्फको क्षेत्रीय छनोट खेल मार्तडीमा सञ्चालन गरिएको थियो । त्रिभुवन आमी क्लबमा आवद्ध बाजुराका ४ जनाले स्वर्ण पदक समेत यसै वर्ष जितेका छन् ।
सरकारले दिने बार्षिक बजेट मात्र नभई गैर सरकारी निकाय मार्फत उल्लेख्य बजेट जिल्लामा आएको छ । कर्णाली स्वरोजगार कार्यक्रम अन्तर्गत मात्र सढे ४ करोड रकम जिल्लामा आएको छ । एकै वर्ष धेरैखाले योजना र रकम जिल्लामा आएपछि बाजुरा बासी खुसी देखिएका छन् ।


प्रत्येक गाविसमा सडक सञ्चालन जाृड्न थालिएको छ । रुगीन बिच्छ्या साप्पाटा र दहकोट बाहेक सबै २० गाविस र १ नगरपालिकामा सडक निर्माण सुरु गरिएको छ । सेरा आटीचौर, बेतालमाडौं झाली, मार्तडी पाण्डुसैन, डाब खप्तड लगायतका सडकहरु सञ्चालनमा छन् ।


कृषि विकास कार्यालयले उत्पादन पकेट क्षेत्रका रुपमा कृषि खेतीलाई जोड दिन थालेको छ । जसका १ हजार मेक्टीकटन तरकारी जिल्लामै उत्पादन हुने गरेको छ । एक गाविस एक कृषि तथा भेटेनरी प्राविधिक अवधारण अनुसार काम भईरहेको वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले बताए ।


स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँमा ६ वटा इलाका स्वास्थ्य सेवा केन्द्र थपिएका छन् । जिल्लामा नियमित एक्सरे, आकस्मीक प्रसुती सेवा केन्द्रहरु सञ्चालन भईरहेका छन् । रक्त सञ्चार सेवा समेत सञ्चालन भईरहेको छ । ९१ हजार बढी भेडा च्याङ्ग्राको संख्या बाजुुरामा छ ।


मासुका लागि बाजुरा आत्म निर्भर छ । सरकारी सेवा तर्फपनि प्रशासकिय अधिकृत सेना प्रहरीको अधिकृत पदमा नाम निकाल्नेक्रम जारी छ । यस अघि बाजुराबाट एक जना समेत सहायक प्रमुख जिल्ला अधिकृतको भूमिकामा थिएनन् । गएको वर्षबाट एक जना कार्यरत छन् । पछिल्लो समय जिल्लाको विकास निर्माणले लय लिन थालेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura