• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

इन्टरनेट प्रयोगकर्तालाइ खुसीको अबर ! तोकिएको इन्टरनेट स्पिड नदिने कम्पनीलाई कारबाही गरिने

काठमाडाैं, माघ २५ गते ।
तोकिएको इन्टरनेट स्पिड नदिने कम्पनीलाई कारबाही गरिने भएकाे छ । ग्राहककाे अथ्त्याधिक गुनासाे नै कबुल गरिएकाे इन्टरनेट स्पिड  नपाएकाे रहेकाे बेला सरकारले यसकाे व्यवस्थापनाकाे तयारी गर्ने संकेत गरेकाे हाे । भनेजति स्पीड नदिएर ठगी गर्ने र झुक्याउने कम्पनीले अब ग्राहकलाई नै क्षतिपूर्ति दिनुपर्ने ब्यवस्था गर्न लागिएको हो । तर क्षतिपुर्ति कस्ताे हुने भनेर केही खुलाइएकाे छैन ।
 
सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले केही समयभित्रै टेलिकम सेवामा प्रतिवद्धताअनुरुप गुणस्तरीय सेवा नदिने कम्पनीलाई कारवाही स्वरुप ग्राहकलाई क्षतिपूर्ति दिने ब्यवस्था गर्न लागिएको बताएका छन् । उनले यति गतिको इन्टरनेट दिन्छु भनेर पैसा उठाएपछि कुनैपनि बाहानामा कम स्पीड दिने कुरा स्वीकार्य नहुने बताए ।
 
‘अब ५ सय १२ केपिबिएसको इन्टरनेट जोडेका ग्राहकले २४ घण्टै त्ति नै गतिको इन्टरनेट पाउनुपर्छ’ सचिव गुरुङले टेलिकमको वाषिर्कोत्सब समारोहलाई सम्बोधन गर्दै भने,’अब ५१२ केपिबिएसको स्पीड भनेर २५६ स्पीडको इन्टरनेट दिनेले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्छ ।’
 
उनले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले कार्य्विधि बनाउन लागेको जानकारी दिए । कार्य्बिधिमार्फत ग्राहकलाई भनेको जत्ति गुणसतरको सेवा नदिने इन्टरनेत तथा टेलिकम कम्पनीलाई ग्राहकलाई क्षतिपूर्ति दिन बाध्य पारिने उनले बताए ।
 
आमसञ्चार नीति पुनरावलोकनका क्रममा भएको छलफलमा मन्त्रालयले प्राधिकरणलाई ग्राहकलाई झुक्याउने टेलिकम सेवा प्रदायकलाई क्षतिपूर्ति तिर्नुपर्ने गरी ब्यवस्था तत्काल गर्न निर्देशन दिएको जानकारी दिए ।
 
यसरी ठगी गर्ने कम्पनीले कति र कसरी क्षतिपूर्ति दिनेछन् भन्ने टुंगो कार्य्बिधिबाटै लाग्नेछ ।
 
‘यो ब्यबस्थाले टेलिकमलाई पनि समस्यमा पार्छ, किनभने यस्तो समस्या यहाँ पनि छ । अब टेलिकमले पनि ग्राहकलाई झक्याउनु हुँदैन’ टेलिकम सञ्चालक बोर्डका अध्यक्ष समेत रहेका सचिव गुरुङले भने,’बजारमा प्रतिस्पर्धाका लागि सरकारले लिएका यस्ता नीतिलाई चुनौति र अवसरका रुपमा सदुपयोग गरेर सेवाको गुणस्तर सुधार्न लाग्नुपर्छ ।’

Loading...
Radio Bajura
Radio Bajura