• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

महेन्द्र बहुमुखी क्याम्पसमा भोटे ताला !

नेपालगञ्ज, माघ २८ गते ।
मध्यपश्चिमकै ठूलो र धेरै विद्यार्थीहरुले अध्ययन गर्दै आएको नेपालगंज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले भिन्ना भिन्नै माग राख्दै क्याम्पसमा तालाबन्दी गरेका छन ।
 
महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुबीच क्याम्पसले विद्यार्थी भर्ना गर्नको लागी हिजो अन्तीम दिन भन्दै जारी गरेको सूचनालाई कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा मत बाझिँएपछि संगठनहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन ।
 
केन्द्रीय तहमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी,अनेरास्ववियु,नेविसंघ,अखिल छैठौं लागाएतका विद्यार्थी संगठनहरु स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने भन्दै व्यापक प्रचार प्रसारमा लागेको बेला जिल्ला स्तरका संगठनहरुले भने निर्वाचन हुने क्याम्पसको मुल गेटमै ताल्चा लगाउदा त्यहाँ चुनावको वातावरण अन्यौलमा परेको छ ।
 
विप्लव माओवादी र नयाँ शक्ति नेपाल पार्टी निकटका विद्यार्थी संगठन लगाएत विभिन्न दश संगठनहरुले केन्द्रीय तहबाटै स्ववियु निर्वाचनको लागी सौहार्दपूण वातावरण निर्माणको माग राख्दै विरोध जनाइरहेको अवस्थामा नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसमा समेत ताला लागेको छ ।
 
माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा पाँच नम्बर प्रदेशका संयोजक माधव डिसिले भने–‘क्याम्पसले हीजो साझँ पाँच बजेसम्ममा भर्ना गर्न छुटेका सबै विद्यार्थीहरुलाई अन्तिम समय दिदै यसअघिनै सूचना प्रकाशन गरेको थियो ।
 
विहिबार दिनभरी विद्यार्थीहरु लाइन बसेर भर्ना गरें । क्याम्पस प्रसाशनले तोकिएको समय सकिएपछि भर्ना रोक्ने विषयमा नेविसंघ लगाएतका केही विद्यार्थी संगठनहरुमा बिवाद सुरु भएको थियो ।
 
खासगरी नेविसंघले तोकीएको समय बढाएर भर्ना गर्न दबाव गरेपछि त्यहाँ अन्य संगठनहरु आक्रामक भए र त्यसलाई रोक्नुपर्ने भन्दै विभिन्न पाँच वटा विद्यार्थी संगठनहरुले क्याम्पसमा ताल्चा लागाएका हुन । हामीले पनि क्याम्पसको एकाउन्ट शाखामा ताला लगायौ ।’
 
उनले नेविसंघको एकलौटि भर्ना गराउने काम गलत भएको भन्दै त्यसलाई रोक्नका लागि अरु संगठनहरुले विरोध स्वरुप तालाबन्दी गरेको जनाए ।
 
उनका अनुसार उक्त क्याम्पसमा अहिले ताल्चै ताल्चाले गेट र प्रशासनका ढोकाहरु थुनिएका छन,विभिन्न माग राखि भिन्ना भिन्नै संगठनहरुले ताल्चा लगाएका छन ।
 
अखिल क्रान्तिकारीको माग त्रिविले जारी गरेको निर्देशिकाको आधारमा आचार संहिताको पालना गर्दै क्याम्पसले निर्वाचनको वातावरण बनाउनु पर्छ भन्ने रहेको बताउदै प्रवक्ता डाँगीले उक्त क्याम्पसमा आफ्नो संगठनको राम्रो प्रभाव रहेको र जित निश्चीत देखिएको दाबी गरे ।
 
महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघका अध्यक्ष चेतनारायण शर्माले हरपल नेपालसँग कुरा गदैभने–‘क्याम्पस प्रशासनले गरेको सूचना अनुसार भर्ना हुनका लागि जम्मा भएका विद्यार्थीहरु अन्तिम समयसम्म पनि भर्ना गर्न सकेनन, हामीले दिनभरी लाईनमा बसेका र क्याम्पसका नियमीत विद्यार्थीहर भर्ना हुनबाट बन्चीत हुनुहुदैन भनेर त्यहाँ भएका सबैको भर्ना गरिनुपर्ने बतायौ । केही संगठनका साथीहरु त्यसको विरोधमा उत्रिनु भयो । हामीले सोही माग राख्दै क्याम्पसमा ताला गलाएका छौ ।’
 
उनले नियमीत विद्यार्थीहरुलाई भर्ना हुन र स्ववियुको निर्वाचनमा मतदान गर्ने अधिकारबाट बञ्चीत गर्न नहुने भन्दै एक विज्ञप्ती सहित संगठनको विरोध जनाएका छन । उनले माग पुरा नभएसम्म ताल्चा नखोलिने बताए ।
 
त्यसैगरी विप्लव माओवादी निकटको अखिल क्रान्तिकारी त्यो क्याम्पसमा स्ववियु निर्वाचनको सन्दर्भमा ताला लगाउने पहिलो संगठनको रुपमा देखिएको छ ।
 
उसले संगठनको केन्द्रीय मागहरुकै आधारमा त्यहाँ ताला लगाएको जनाएको छ । क्रान्तिकारीले पुर्ण समानुपातिक निर्वाचन प्रणली,पारर्दशी र भष्टाचार मुक्त स्ववियु, फर्जि भर्ना गर्ने प्रथाको अन्त्य जस्ता मागहरु राख्दै देशभरीका क्याम्पसमा विरोध जनाएको छ ।
 
विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भरत रावलले गत बुधबार आफ्नो संगठनका मागहरु राख्दै क्याम्पसको प्रशासन र निर्वाचन कार्यालयको ढोकामा ताला लगाएको बताए ।
 
आसन्न स्ववियु निर्वाचनको कारण जनाउदैँ क्याम्पस प्रशासनले नियमित अध्ययन गर्दै आएका दोश्रो र तेश्रो बर्षका सबै विद्यार्थीहरुलाई माघ २७ गते साझँ ५ बजेसम्ममा भर्ना गर्नुपर्ने भन्दै यसअघि नै सूचना प्रकाशन गरेको थियो ।
 
उक्त सूचना अनुसार विद्यार्थीहरुबीच विबाद हुदा क्याम्पसमा ताला लगेको क्याम्पस प्रशासनले बताएको छ ।

Loading...
Radio Bajura
Radio Bajura