• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

कमल खत्रीको तीन लाख खर्चेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

युवाहरुको रोजाईका गायक कमल खत्रीले भ्यालेन्टाईनको अवसर पारेर एउटा प्रेमिल गीत सार्वजनिक गरेका छन् । नयाँ म्युजिक भिडियो मार्फत उनले आफ्नो माया दर्शाएका छन् ।

शब्द, संगीत र आफ्नै आवाज रहेको ‘कस्सीम’ बोलको गीतमा कमल आफैले अभिनय पनि गरेका छन् ।  उनले पछिल्लो समयमा आफ्ना गीतहरुमा आफै अभिनय गर्दै आएका छन् ।

यहि क्रममा उनले यसमा पनि आफै अभिनय गरेका हुन् । ‘कस्सीम’ बोलको गीतको म्युजिक भिडियो निकै सुन्दर देखिन्छ । यो भिडियोलाई उनले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।

उनलाई मोडलिङ र गायनमा सिम्पल खरेलले साथ दिएकी छिन् भने भिडियोको निर्देशन पनि सिम्पलले नै गरेकी छिन् । यस भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो निर्माणमा तीन लाख भन्दा धेरै खर्च भएको कमलले हामीलाई जानकारी दिएका छन् । (हेर्नुहोस भिडियो) 

 


Loading...
Radio Bajura
Radio Bajura