• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

युवा सूचना केन्द्र सञ्चालन

खडक थापा, 

बाजुरा, माघ २९ गते ।

जिल्लाको तोली देवलडाँडा उच्च माविमा यूवा सूचना केन्द्र सञ्चालनमा आएको छ । आधुनिक ज्ञान सिप प्रविधि बारे जानकारी दिई किशोर किशोरी तथा युवाहरुको क्षमता अभिवृद्धी गर्ने लक्ष्य सहीत विद्यालयमा युवा सूचना केन्द्र स्थापना गरिएको हो ।

सूचना केन्द्र सेभ द चिल्डे«न र पीसविन युवा शसक्तिकरण परियोजनाको ४ लाख बराबरको आर्थिक सहयोगमा सञ्चालन गरिएको पीसविन परियोजना संयोजक धर्मबहादुर रोकायाले बताउनु भएको छ । केन्द्रको एक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले उद्घाटन गर्नु भएको छ ।

विद्यालय उमेरका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको सूचना केन्द्र तोली उच्च माविको स्वामित्वमा सञ्चालन हुने भएको छ । इमेल इन्टरनेट, कम्प्यूरटर सम्बन्धी जानकारी तथा अन्य साहित्य तथा देश विदेशको जानकारी राख्ने किताबहरु पनि सूचना केन्द्रमा राखिने भएको छ ।

सूचना केन्द्रमा ४ थान कम्प्यूटर, १६ मिटेर, कार्पेट १६ मिटर, पीफर्म, मल्डी पलग १ थान इस्टपलाईजर, १ सय थान किताब, पाँच वटा कुर्सी, इन्टरनेट डिभाईस र प्रिन्टर राखिएको छ । विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने र देश विदेशका खबर तथा प्राविधिको विश्वसँग जुध्ने जनशक्ति उत्पादनका सूचना केन्द्रका सहयोग पुग्ने जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताउनु भएको छ ।

गुणस्तरीय शिक्षा विकाससँगै प्रविधियुक्त शिक्षाले बजारमा विक्ने र टिक्ने खालको जनशक्ति उत्पादनमा सहयोग पुग्ने भएकोले यूवा सूचना केन्द्र सञ्चालनमा ल्याएको पीसविन अध्यक्ष लालबहादर ओलीले बताउनु भएको छ । उद्घाटन कार्यक्रममा यूवाजिल्ला समितिका अध्यक्ष यूवाराज शाहीले युवाहरुको दक्षता र क्षमता अभिवृद्धी गर्नसहयोग पुग्ने बताउनु भएको छ ।





Loading...
Radio Bajura
Radio Bajura