• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

सहसचिव बुढाद्धारा योजनाको अनुगमन

बाजुरा, फागुन १ गते ।
संधिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले जिल्ला विकास समिति र बडीमालिका नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमको अनुगनम गर्नुभएको छ ।

उहाँले अनुगमनका क्रममा योजना सम्झौता सोचेभन्दा बढी भएको, समयमै काम सम्पन्न भएको, पेश्की नदिएको, बरोजो फच्र्युट भएको बताउनुभएको छ । सहसचिव बुढाले जिल्ला विकास समितिको समुहले राम्रो काम गरेको भन्दै प्रसंसा गर्नुभएको स्थानिय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ ।

सहसचिव बुढाले शनिबारकै दिन जिल्लाको बडीमालिका नगरपालिका ९ जिल्लीमा कृषि सडकको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा नेपाली काग्रेसका रामबहादुर बोहरा, माओवादी केन्द्रका राजेन्द्र बुढा, स्थानिय विकास अधिकारी प्रकाशराज पौडेल, प्राविधिक प्रमुह जंग थापा, नगरपालिका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीलगायको सहभागिता रहेको थियो ।





Loading...
Radio Bajura
Radio Bajura