• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

ताजा हालखबर

साधारण सभा सम्पन्न, आयव्यय १ लाख २२ हजार ४ सय २१ रुपैंया प्रस्तुत

खडक थापा,
बाजुरा, फागुन १ गेत ।

सत्यदेवि बहुउद्देशीय सहकारी सस्था लिमिटेड कैलाशमाण्डौंको १० औं साधारण सभा तथा पाँचौं अधिवेसन सम्पन्न भएको छ ।

अधिवेसन मानबहादुर साउद पुनः अध्यक्ष रहने गरी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । जसमा उपाध्यक्ष नैयाँ सार्की, कोषाध्यक्ष नरबहादुर साउद, सचिव पे्रमबहादुर सार्की, सहसचिव विमलादेवि मिजार लगायत ११ जना रहेका छन् ।

सस्थाका अध्यक्ष मानबहादुर साउदको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कैलाशमाण्डौं गाविस सचिव खगेन्द्र साउद प्रमुख अतिथि रहनुभएको थियो ।

खिन्नै सत्यदेवि निमाविको प्रांगणमा सञ्चालन भएको कार्यक्रममा सहकारी सस्थाको आ व २०७२।७३ को जम्मा आयव्यय १ लाख २२ हजार ४ सय २१ रुपैंया प्रस्तुत गरिएको नवनिर्वाचित सचिव प्रेमबहादुर सार्कीले जानकारी दिनुभएको छ । कार्यक्रमको सञ्चालन दिपक साउदले गर्नुभएको थियो ।





Loading...
Radio Bajura
Radio Bajura