• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

ताजा हालखबर

एमपि कप २०७३, वडा नम्वर १९ र २० विजयी

 

धनगढी  फागुन , १० गते  ।

धनगढी रंगशालामा भईरहेको एमपि कप अन्तर्गतको फुटवलको खेलमा वडा नम्वर १९ र वडा नम्वर २० विजयी भएका छन । धनगढी रंगशालामा भएको पहिलो खेलमा वडा नम्वर १९ ले वडा नम्वर ३ लाई २–० ले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ । जितका लागि वडा नम्वर १९ का चन्द्र कुवरले २ गोल गरे ।

म्यान अफ द म्याच भएका कुवरलाई नगद २ हजार प्रदान गरिएको छ । निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष हरिप्रसाद भट्टले नगद पुरस्कार हस्तान्तरण गरे ।

धनगढी रंगशालामा भएको दोस्रो खेलमा वडा नम्वर २० ले वडा नम्वर १२ लाई ३–१ ले हरायो । वडा नम्वर २० का लागि वादल पाख्रीन हेमन्त थापामगर सुन्दर गुरुङले गोल गरे भने वडा नम्वर १२ का खेम चौधरीले एक गोल फर्काए । म्यान अफ द म्याच वादल पाख्रीनलाई भण्डारी सुज सेन्टरका सञ्चालक दलवहादुर भण्डारीले नगद २ हजार हस्तान्तरण गरे ।

प्रतियोगिता अन्तर्गत मंगलवार वडा नम्वर ४ र १६ तथा वडा नम्वर १८ र ५ वीच प्रतिस्पर्धा हुने एमपि कपका संयोजक वव्लु चौधरीले जानकारी दिए ।
 


Loading...
Radio Bajura
Radio Bajura