• अहिले तरंगमा--हाम्रो दउडा भाका (फोन इन)
    केहि छिनमा-- गीतहरु

ताजा हालखबर

बञ्चरो प्रहार गरी बुबाको हत्या गर्नेलाई १० दिन म्याद थप

बाजुरा, चैत्र १ गते ।
बञ्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने गुदुखाती ४ का लोकेश चदारा विरुद्ध अदालतमा जाहेरी दर्ता भएको छ । कर्तव्य ज्यान सहीतको मुद्धा दर्ता भएपछि उनलाई अदालतले अनुसन्धानका लागि १० दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिनु भएको छ । 
 
चदाराले आइतबार विहान खाने खाने बेला बुबा छोरा बीच सामान्य विवाद भएपछि ६० वर्षका वृद्ध बुबा नाथ चदाराको हत्या गरेको प्रहरी निरीक्षक सुदाम रावलले बताउनु भएको छ ।
 
सुरुमा कोदालीले टाउकोमा हिर्काएको र पछि बञ्चरोले घाँटीमा प्रहार गरेको प्रहरीको भनाई छ । बञ्चरो प्रहार पछि टाउको र शरिर अलग भएको थियो । 
 

Loading...
Radio Bajura
Radio Bajura