• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

आज विहान ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा ३८८० जनाले परीक्षा दिन

बाजुरा, चैत्र ३ गते ।

माद्यमिक शिक्षा परीक्षा २०७३ मा ३ हजार ८ सय ८० जना परीक्षार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १९२४ जना छात्र र १८५६ जना गरी ३ हजार ८ सय ८० जनाले परीक्षा दिने जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ ।

ती मध्ये नियमित तर्फ १४९४ छात्र र १३६६ जना छात्रा रहेका छन् । एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको माद्यमिक शिक्षा परीक्षा आज विहान ८ बजेबाट सुरु हुने भएको छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो । १४ वटा केन्द्रमा परीक्षा सञ्चालन हुने भएको छ । भने ५ सय बढी मानवीय जनशक्ति परिचालन हुने जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ ।

परीक्षा अहिले  विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।  त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते देखि एच्छीक विषयका परीक्षा हुनेछ ।


Loading...
Radio Bajura
Radio Bajura