• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

रेडियो बाजुरा आजबाट नवौ वर्ष पुरा गरी १० वर्षमा प्रवेश गर्दै

रेडियो बाजुरा ।

रेडियो बाजुरा आजबाट नवौ वर्ष पुरा गरी १० वर्षमा प्रवेश गर्ने भएको छ । स्थापनाका ९ वर्ष पुरा गरी आजबाट १० औं वर्षमा प्रवेश गर्न लागेको हो । २०६४ साल चैत्र ३ गतेबाट रेडियो बाजुराको परिक्षण प्रशारण सुरु भएको थियो ।

स्थापना दिवसको अवसरमा आज रेडियो बाजुराले रेडियो हाजिर जवाफ र शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरिने रेडियो स्टेशन म्यानेजर तुलाराम जैशीले बताउनु भएको छ ।

६ घण्टा प्रशारण सेवाबाट सुभारम्भ भएको रेडियो बाजुरा हाल दैनिक १८ घण्टा प्रशारण हुने गरेको छ । सूचना, शिक्षा, सुशासन, समानताका पक्षमा रही सञ्चालित रेडियो ५ सय वाट क्षमतामा सञ्चालन भईरहेको छ ।

सकारात्मक विकास, समाजिक रुपान्तरण र आवाज विहिनको आवाज समेट्ने लक्ष्य सहीत सञ्चालित रेडियो बिगत ३ वर्षदेखि आफ्रनै घरमा सञ्चालन भईरहेको छ । भने कार्यरत कर्मचारीलाई श्रमजिवी पत्रकार एने कार्यान्वन गरेकोमा पत्रकार महासंघले पाँचौ जिल्ला अधिवेशनको अवसरमा रेडियो सञ्चालक समितिलाई सम्मान समेत गरेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura