• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली

कैलाली, पाैस २४ गते ।

धनगढी प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली लागेको छ ।

राष्ट्रिय टोलीका सोमपाल कामी, करण केसी, सागर पुनसँगै मेहबुब आलमलाई क्लबहरुले एक लाखको भाउ लगाएका हुन् । सागर पुनलाई कञ्चनपुर आइकोनिकले अनुवन्धित गरेको छ भने मेहबुब आलम र करण केसीलाई सीबाईसी अत्तरिया र सोमपाल कामीलाई काठमाडौं गोल्डेन्सले अनुवन्धित गरेको छ ।

छवटै टिमले सोमपालमाथि एक लाख भाउ लगाएका थिए, तर गोलाप्रथाबाट काठमाडौंले बाजी मारेको छ ।

नेपाल क्रिकेट प्लेयर्स एशोसिएनसँगको सहकार्यमा भएको अक्सनमा राष्ट्रिय टोलीका सदस्यलाई न्यूनतम मूल्य ५० हजार र अधिकमत एक लाख तय गरिएको थियो ।

पृथु बास्कोटालाई टिम चौराहाले र प्रदिप ऐरीलाई अत्तरियाले ९० हजारमा अनुवन्धित गरेको छ ।


Loading...
Radio Bajura
Radio Bajura