• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

अव विद्यालयमा बच्चा भर्ना गरे २ सय पाउने

 

बाजुरा, चैत्र १३ गते ।

सामुदायिक विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीले २ सय रुपैया प्रोत्साहन स्वरुप  पाउने भएका छन् । आगामी शैक्षिक सत्र २०७४ का लागि विद्यालय भर्ना हुने बालबालिकालाई प्रोत्साहनका लागि २ सय रुपैया सहयोग गर्ने जिल्ला शिक्षा कार्यालयले निर्णय गरेको छ ।

शैक्षिक सत्रमा भर्ना हुने विद्यालय उमेर समूहका बालबालिकालाई लक्षित गरेर प्रोत्साहनका लागि २ सय रुपैया दिन लागिएको जिल्ला शिक्षा अधिकारी नगेन्द प्रसाद रेग्मीले बताउनु भएको छ । भर्नादर बढाउने र विद्यार्थीलाई प्रोत्साहनका लागि अभियान पहिलो पटक ल्याउन लागिएको अधिकारी रेग्मीको भनाई रहेको छ ।

विद्यालयले भर्ना शुल्क असुली गर्ने गरेर र आर्थिक समस्याले पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको भन्ने बेला बेलाको आरोपलाई चिर्न पहिलो पटक सरोकारवाला निकायको सयुक्त पहलमा २ सय दिने कार्यको थालनी गर्न लागिएको बताईएको छ ।

भर्ना अभियान बैशाख २ गतेबाट सुरु हुने भएको छ । सबै बालबालिकालाई शिक्षाको मुल धारमा ल्याई शिक्षित समाज निर्माणका लागि आफ्नो प्रयास जारी रहेको पीसविन सहयात्रा परियोजना संयोजक रामबहादुर रावतले बताउनु भएको छ । अभियानमा शिक्षा क्षेत्रमा काम गरिरहेका सबैजसो निकायले सहकार्य गर्ने भएका छन् ।


Loading...
Radio Bajura
Radio Bajura