• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

बाह्रविस डेल्टा आटीचौर सडक सुचारु

बाजुरा, चैत्र १३ गते ।

जिल्लाको बाह्विस डेल्टा आटीचौर सडक सञ्चालनमा आएको छ । जिल्ला समन्वय समिति ग्रामिण पूर्वाधार तथा जिविको पार्जन सुधार कार्यक्रम ड्रिलिपले निर्माण गरेको बाह्विस देखि आटीचौर छेडेदहसम्मको २८ किलोमिटर सडक सञ्चालनमा आएको हो ।

बाह्विस डेल्टा आटीचौर थामलेक सडक खण्ड अन्र्तगत उक्त सडकमा पहिलो पटक जिप सेवा सञ्चालन गरिएको कर्णबहादुर थापाले बताउनु भएको छ । आइतबार पहिलो दिन जिल्ला आयोजनाको बा २ झ ५६५ नम्बरको जित सहज रुपमा बाह्विसबाट आटीचौर पुगेको छ ।

पहिलो दिन जिल्ला आयोजना कार्यालयका चालक हेमन्त बहादुर खड्काले जिप पुर्याउनु भएको छ । ३५.५३५ किलोमिटर सडक मध्ये २८ किलोमिटरमा जिस सञ्चालन भएपछि अब ७.५३५ किलोमिटर सडकको निर्माण कार्य जारी रहेको छ ।

२०६७।६८ सालबाट निर्माण कार्य सुरु गरिएको सडक सञ्चालन पछि स्थानीय खुसी भएका छन् । बाह्विस, गुदुखदाती, कुल्देवमाडौं, टाँटे लगायतका स्थानबाट आटीचौर हुँदै बझांग जान आउन सहज हुने भएको छ ।





Loading...
Radio Bajura
Radio Bajura