• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

बाजुरामा पुस्तक अभाव नहुन दिने जिल्ला शिक्षा अधिकारी रेग्मीको भनाइ

बाजुरा, बैशाख १६ गते ।

जिल्ला सदरमुकाम स्थित मालिका माविले  नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । विद्यदालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायले नयाँ भर्ना भएका विद्यार्थीहरुलाइ स्वागत सहित आगामी दिनमा पढाइको निरन्तरताको लागि जोड दिनु भएको छ ।

शिक्षाले नै देश निर्माण सकिने भएकाले सबैले एक मत भएर शिक्षामा लगानी गर्न आग्रह गर्नु भएको छ जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले नया भर्ना भएका विद्यार्थीहरुलाइ स्वागत तथा पाठ्यपुस्तक वितरण गर्दै जिल्लाका सबै विद्यालयहरुमा पाठ्यपुस्तक अभाव नहुन दिने बताउनु भएको छ ।

उहाँले पुस्तक खरिदको पवल भरपाइ जिल्ला शिक्षा कार्यालयमा बैशाख २५ गते पुर्याएपछि अपुग भएका विदालयहरुमा पुस्तकका लागि थप बजेटको व्यवस्था गर्ने बताउनु भएको छ । जिल्ला शिक्षा अधिकारी रेग्मीले यही बैशाख १७ गतेबाट पढाइ सुचारु गर्न निर्देशन दिनु भएको छ ।

उहाँले निशुल्क पाठ्यपुस्तक र छात्रवृत्तीका लागि जिल्लाका सबै विद्यालयहरुलाइ ४ करोड रकम निकासा गरी प्रत्येक विद्यालयको खातामा जम्मा गरिसकेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल शिषक संघका अध्यक्ष प्रेमराज पाध्यायले शिक्षाले नै उज्यालो बनाउने भएकाले आफ्ना बालबालिकाहरुको भविष्य बनाउन विद्यालयमा भर्ना गरेर शिक्षाबाट बििन्चत नगर्न अभिभावकहरुलाइ आग्रह गर्नु भएको छ । पाध्यायले विद्यार्थीहरुको भर्ना संगै पढाइमा निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो ।

यसैगरी बडिमालिका नगरपालिकाका कार्यकारी अधिकृत त्रिलोक चन्दले शिक्षा एक महत्वपुर्ण भएकाले सबै नानीहरुलाइ विद्यालयमा ल्याउनुपर्नेमा जोड दिनुभएको । २०७४ सालको भर्ना अभियान आज सकिएको छ । भर्ना अभियान समापन संगै मालिका माध्यमिक विद्यालयले विद्यालयमा आएका नयाँ विद्यार्थीहरुलाई स्वागत सहित पुस्तक वितरण गरेको विद्यालयले जनाएको छ ।
 
विद्यालयमा कक्षा १ देखि १० कक्षा सम्म आएका नयाँ विद्यार्थीहरुलाई टिका लगाएर स्वागत गर्नुका साथै पुस्तक दिएर स्वागत गरिएको विद्यायलयका प्राचार्य शुभराज पाध्यायले बताउनु भएको छ । हामी सबैको ईच्छा, अनिवार्य निशुल्क आधारभुत शिक्षा भन्ने नाराका साथ भर्ना सप्ताह समारोह गरिएको छ ।

मालिका उमाविमा यो वर्षदेखि कक्षा १ दखी ८ कक्षा सम्म अंग्रेजी माध्यम र नेपाली माध्यायामबाट पढाइ हुने बताउनु विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताउनु भएको छ । उहाँले यस वर्ष विद्यालयमा जम्मा विद्यार्थी र नयाँ विद्यार्थी आएको जानकारी गराउनु भएको थियो । कार्यक्रमको संचालन सह शिक्षक नन्दलाल जैशीले गर्नु भएको थियो ।


Loading...
Radio Bajura
Radio Bajura