• अहिले तरंगमा--हाम्रो दउडा भाका (फोन इन)
    केहि छिनमा-- गीतहरु

ताजा हालखबर

१० वर्षिया बालक विद्यालयमा भर्ना

बाजुरा, बैशाख २० गते ।

पाण्डव गुफा गाउँपालिका १ डिम्मर टोलमा १० वर्षिया २ जना बालबालिका पहिलो पटक विद्यालयमा भर्ना भएका छन् । सेतो गुराँस बाल विकास केन्द्रले सञ्चालन गरेको विद्यार्थी भर्ना अभियान अन्तर्गत उनीहरु भर्ना भएका हुन् ।

विद्यालय भर्ना हुने जंगबहादुर दमाईका १० वर्षिया छोरा लोकन्द्र दमाई र सुनकोशा ल्वारका १० वर्षिया छोरी ऐना ल्वार रहेका छन् । उनीलाई सेतो गुराँसको पहलमा सरस्वती मावि जगनाथमा भर्ना गरिएको सेतो गुराँस सहजकर्ता राजेन्द्र विकले जानकारी दिनुभएको छ ।

आर्थिक अभावका कारण आफ्ना छोराछोरीलाई विद्यालयमा भर्ना गर्न नसकिएको उनीहरुका अभिभावले बताएका छन् । उनीहरुले बालबालिकालाई विद्यालयमा भर्ना गर्ने बेलाको शुल्क तिर्न नसकेरै भर्ना नगरिएको बताएक हुन् ।

यता विद्यालयका शिक्षक धनलाल बोगटीले भर्ना शुल्क नभएर अभिावकको सहयोग शुल्क छुट गरदिने बताउनु भएको छ । विद्यालयले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोग शुल्क लिने गरेको बताईएको छ । विद्यालयले कक्षा एकका लागि ५० रुपीयाँ भर्ना शुल्क लिईरहेको सहजकर्ता विकले जानकारी दिनुभएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura