• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

टुहुरा बालबालिकालाई विद्यालय भर्ना

बाजुरा, बैशाख १८ गते ।

जिल्लाको पाण्डपगुफा गाउँपालिकाका ३ जना टुहुरा बालबालिकालाई विद्यालयमा भर्ना गरिएको छ । उनीहरुलाई महिला तथा बालबालिका कार्यलयको सहयोगमा  आइतबार विद्यालयमा भर्ना गरिएको हो ।

विगत केही वर्षदेखि आमाबुवाबाट टाढिएका दुई दिदिबहीनी र एक जना भाई रहेका छन् । उनीहरु एकै घरका भाई बहिनी रहेको महिला विकास अधिकृत कमला शाहीले बताउनु भएको ।

बुवा बृजन वडले अर्को विवाह गरेर गए पछि आमा सावित्रा वडले पनि अर्को विवाह गरी घर विचल्लीमा परेका बालबालिकालाई विद्यालय भर्ना गर्न सहयोग गरिएको अधिकृत शाहीको भनाई छ ।

बुवा अर्कै आमा लिएर भारत रहेको र आमा अर्कैसंग विवाह गरेर गएपछि उनीहरु विचल्लीमा परेका हुन् । अहिले ३ जना मार्तडीमा आफन्तसंगै बस्दै आएका छन् । ९ देखि १२ वर्ष सम्म उमेरका मालिका उमावि १, २ र ५ कक्षा भर्ना भईसकेका छन् ।

उनीहरुलाई नेकपा माओवादी जिल्ला कोषध्यक्ष विनिता विकद्धारा बालबालिका कार्यलय पु¥याईएको थियो ।  उनीहरुलाई आज ५ हजार बराबर खादन्न, ५ हजार ६ सयको स्कुल ड्रेस, ४ हजार ६ सयको झोला, कापीकलमको लागि हसयोग गरिएको महिला तथा बालबालिका कार्यलयले बताएको छ ।

उनीहरुको केही समय अगाडी नै कार्यलयमा निवेदन आईसकेको हुदा जिल्ला बाल क्लायाण समितिले १५ हजार सहयोग गर्ने निर्णय भएको थियो । उनीहरु लगायत यो वर्ष महिला तथा बालबालिका कार्यलयबाट २५ जनाले विभिन्न सहयोग पाईएको महिला विकास अधिकृत शाहीले जानकारी दिनुभएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura