• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

मालिका माविमा अंग्रेजी माद्यायमको पढाईलाई प्रभावकारी बनाईदै

बाजुरा, बैशाख १९ गते ।
सरदुकाम मार्तडीमा रहेको मालिका माद्यामिक विद्यालयमा अंग्रेजी माद्यायमको पढाईलाई प्रभावकारी बनाउदै लगिएको छ । विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले अंग्रेजी माध्यामलाई प्रभावकारी बनाउदै लगिएको हो ।

विगत ८ वर्षदेखि अंग्रेजी माध्याममा पढाई सञ्चालन गर्दै आएको विद्यालयले अझै पढाईलाई गुणस्तरिय बनाउनको आगि सोमबार अभिभावकसंग छलफल गरेको छ । विद्यार्थीको चाप अनुसार शिक्षकको जनशक्ति कम भएको भन्दै विद्यालयले चापसंगै व्यवस्थापन कसरी गर्ने भन्ने अभिभावकबाट आज सुझाव लिएको विव्यस सदस्य पे्रम विकले बताउनु भएको छ ।

आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि हुने भएपछि अभिभावकले विद्यालयका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको सदस्य विकले बताउनु भयो । मालिका माविले यो भन्दा अघिल्लो वर्षहरुमा एकै कक्षाका विद्यार्थीलाई दुई सेक्सनमा विभाजन गरी अध्यापन गराउदै आएको थियो । अहिले आठ कक्षासम्म दुई वटा कक्षा सञ्चानल गर्नुपर्ने भएको जनशक्ति अभाव हुनेभएको प्राचार्य शुभराज पाध्यायले बताउनु भएको छ ।

यो वर्ष भन्दा पहिले पाँच कक्षा सम्म पुरै अंग्रेजी भाषामा अध्यापन गराउदै आएको मालिका माविले अब परिक्षण परिक्षामा पास भए मात्र अंग्रेजी भाषामा अध्यापन गराउने प्राचार्य पाध्यायले बताउनु भयो । विव्यस अध्यक्ष दिर्घराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको सभामा विव्यस सदस्य, शिक्षक, अभिभावक लगायत १ सय बढीको सहभागिता रहेको थियो ।


Loading...
Radio Bajura
Radio Bajura