• अहिले तरंगमा--सुचना/विज्ञापन
    केहि छिनमा-- बिबिसी नेपाली सेवा (बेलुकी पख)

एमालको चुनावी सभामा कांग्रेसको आक्रमण, कार्यकर्तामाथि हतियार प्रहार

जाजरकोट, बैशाख २१ गते ।

जाजरकोटको कुशेगाउँपालिका– १ काफलवाटामा आज आयोजित नेकपा एमालेले चुनावी सभामा नेपाली कांग्रेसले आक्रमण गरेको छ ।
सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेको बेला कांग्रेस कार्यकर्ताले आक्रमण गरेको बताए ।

उनले काँग्रेसका प्रितिवहादुर शाहीको नेतृत्वमा आएको टोलीले तीन जना एमाले कार्यक्रताहरु घाइते बनाएको आरोप लगाए ।

उनका अनुसार एमालेका शेरवहादुर सिंहमाथि चक्कु प्रहार भएको छ भने ढुङगा प्रहारवाट भीमवहादुर चलाउनेको बाँया हातमा चोट लागेको छ । त्यस्तै, सन्दिप विकको दाँया खुट्टामा चोट लागेको छ । उत्पन्न परिस्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


Loading...
Radio Bajura
Radio Bajura