• अहिले तरंगमा--
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

सूर्तिजन्य पदार्थको नियन्त्रणमा सबै लागौं

बाजुरा, बैशाख ३१ गते
सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष सजक र सचेत हुनु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको अभिमुखिकरण गोष्ठीका सहभागिहरुले सूर्तिजन्य पदार्थको प्रयोगले स्वयम व्यक्तिलाई मात्र नभई सिंगो समाजलाई नै असर पर्ने भएकोले त्यसको नियन्त्रण आवश्यक हुनेमा सहभागिहरुले जोड दिएका छन् ।

कार्यक्रममा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन जिल्ला स्तरीय समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले अरुका लागि भएपनि प्रयोग कर्ताले जिम्मेवार हुनु पर्नेमा जोड दिनु भएको छ । होटल व्यवसायी, विद्यार्थी, पत्रकार र सूर्तीजन्य पदार्थ नियन्त्रणका पक्षमा काम गर्ने निकायका प्रतिनिधि सहभागि गोष्ठीमा अधिकारी मल्लले अनुगन र कानुनी पाटोलाई प्रभावकारी कार्यान्वन गर्ने बचन दिनु भएको छ ।

सार्वजनिक स्थल होटल पसल, विद्यालय शौचालय, सवारी साधानमा सुर्तिजन्य पदार्थको प्रयोग गर्न नपाईने प्रावधान रहेको छ । नियम विपरित कसैले प्रयोग गरेको पाईएमा १ सय देखि १ लाखसम्मको जरिवाना हुन सक्ने कानुन पनि निर्माण गरिएको छ । तर त्यसको प्रभावकारी कार्यान्वन नहुँदा प्रयोग कर्ताले अव्यवस्थीत र अनियन्त्रीत रुपमा सेवन गर्ने गरेका छन् ।

सूर्तिजन्य पदार्थ सेवकै कारण लाखौको ज्यान जोखिममा रहेको र त्यसले क्यान्सर, दम जस्ता रोगको संक्रमण समेत बढेकोले रोकथाम आवश्यक रहेको छ । कानुन अनुसार १८ वर्ष कम उमेरका बालबालिकालाई किन्न र सेवन गर्न प्रतिवन्ध लगाईएको छ । साथै एउटा खिली चुरोट वा सूर्तीका पोका विक्री गर्न नपाईने भनिएपनि त्यसको पनि नियन्त्रण हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण जनस्वास्थ्य अधिकृत रमेश कुँवरले गर्नु भएको थियो भने सञ्चालन अशोक शाहले गर्नु भएको थियो । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयको बैठक कक्षमा सञ्चालन गरिएको थियो । सूर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा ११ करोड नागरिक रोगबाट पीडित छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura