• अहिले तरंगमा--सुचना/विज्ञापन
    केहि छिनमा-- बिबिसी नेपाली सेवा (बेलुकी पख)

यूएनको मोटरसाइकलमा तोडफोड

बाजुरा, बैशाख ३० गते
संयूक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमको मोटरसाइकलमा तोडफोड गरी पूर्ण रुपमा क्षति पुर्याएको छ । मोटर साइकलमा अज्ञात समूहले तोडफोड गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

विश्व खाद्य कार्यक्रम डब्लुएफ्पीका अछाम–बाजुरा संयोजक गणेशराज पाध्यायले बाजुरा सदरमुकाम मार्तडीमा आफू बस्ने डेरा नजिकै रहेको धनबहादुर रावतको होटलको हाताभित्र पार्किङ्ग गरी राखेको मोटरसाइकलमा बिहीबार राति क्षति र्पुयाइएको हो ।

उक्त स्थान मार्तडीको मुख्य सडकको केन्द्र भागमा पर्दछ । पार्किङ्ग गरी राखेको स्थानबाट करिब पाँच सय मिटर पर गुडाएर मार्तडी तलको भिरमा फ्याँकिएको अवस्थामा शुक्रबार मध्यान्ह् मात्र प्रहरीले मोटरसाइकल फेला पारेको हो । भिरबाट फ्याँकिएको उक्त मोटरसाइकल कामै नलाग्ने अवस्थामा भेटिएको छ । ‘संलग्नहरुको खोजी र अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले बताएका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura