• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

ताजा हालखबर

गौमुलको मुहार फर्ने उम्मेदवारी ः रोकाया

बाजुरा, जेठ
नेकपा एमाले नेता एवं गौमुल गाउँपालिकाका एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार हरि रोकायाले गाउँपालिकाको मुहार फर्ने आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । दहकोट मानाकोट क्षेत्रको सम्पती र संभावनाको खोजी गर्दै पहिचान बदल्नकै लागि अध्यक्षमा उम्मेदवारी दिएको रोकायाको भनाई छ ।

चुनाव विशेष रेडियो कार्यक्रममा बोल्दै रोकायाले गौमुल गाउँपालिका भौगोलिक रुपमा विकट भएपनि संभावनाको खानी भएकोले त्यसको स्वरुप बदल्न एमालेकै नेतृत्व आवश्यक हुने बताउनु भएको छ । जित सुनिश्चित रहेको बताउनु रोकायाले स्थानीयले एमाले प्रतिको आशा र भरोसाको पछि लाग्ने बताउनु भएको छ ।

योजना र क्रियाशिलता एमाले बाहेकसँग नभएकोले गौमुलका जनताले त्यो बारे जानकारी पाएको बताउँदै योजना सहीतको विकासको खाका बनाएर अघि बढ्ने बताउनु भएको छ । उहाँले दहकोट क्षेत्रको जडिबुटी र अल्लो भाँग्रोको प्रवद्र्धन र विकास गर्नु आफ्नो पहिलो काम हुने बताउनु भएको छ ।   
 


Loading...
Radio Bajura
Radio Bajura