• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

परिचरको भरमा विद्यालय,प्रअ सम्पर्क बाहिर

बाजुरा, जेठ ७ गते
जिल्लाको बुढीनन्दा प्रावि घोडाकोटमा शिक्षक हाजिर नभएको दुई महिना पुग्न लागिसकेको छ । तर बार्षिक परीक्षा सकाएर घर गएका शिक्षकहरु कोही पनि विद्यालय नफर्केको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले बताउनु भएको छ ।

शिक्षक विद्यालय नफर्केपछि शिक्षक विद्यालय नफर्के पछि विद्यालय परिचरले खोल्ने र बन्द गर्ने गरेका छन् । विद्यालयको बार्षिक परीक्षा चैत्र ९ गते सकिएको थियो । शिक्षक नआएपछि विद्यालयको परीक्षाफल पनि विद्यालय परिचरले नै प्रकाशन गरेका थिए ।

विद्यालय प्रअ दामोदर प्रसाद रेग्मी गएको चैत्र ९ गतेदेखि सम्पर्कमा छैनन् । फोन गर्दा समेत उनले नउठाउने गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक उमेर रेग्मीले बताउनु भएको छ । विद्यालय व्यवस्थापन समितिले बोलाउँदा पनि सम्पर्कमा नआएको विव्यस अध्यक्ष छक्क बोहराले बताउनु भएको छ ।

विद्यालयमा विद्यालय परिचर सहीत ७ जना शिक्षक कार्यरत छन् । ती मध्ये प्रअ रेग्मी र शंकर जोशी स्थायी दरबन्दीका हुन् भने अम्मकला बोहरा राहत दरबन्दीमा कार्यरत छन् । दुई जना स्थानीय शिक्षक निजि श्रोतमा राखिएका छन् ।

प्रअ सम्पर्कमा नआएको र सेवा सुविधा पनि नपाएको भन्दै निजि श्रोतमा राखिएका शिक्षकपनि विद्यालय नआउने गरेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ । प्रअ रेग्मी यो पटक मात्र होइनन् प्रत्येक वर्ष यस्तो गर्ने गरेको अध्यक्ष बोहराको भनाई छ । अर्का शिक्षक शंकर जोशी पनि सम्पर्कमा नआएको बताईएको छ ।

विद्यालय भर्ना पनि कार्यालय सहयोगीले लिएका छन् । शिक्षक नभएपछि विद्यार्थी विद्यालय आउने र फर्किने गरेका छन् । प्रअलाई फोन गर्न खोज्दा स्वीच अफ गरिएको छ । अरु शिक्षकसँग पनि सम्पर्क हुन नसकेको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।

जिल्ला शिक्षा कार्यालयले पनि सम्पर्कका लागि सूचना जारी गर्न लागेको विद्यालय निरीक्षक धर्मराज जोशीले बताउनु भएको छ । अम्मकला बोहरा भने कामका लागि मार्तडी आएकोले एकदुई दिनमा जाने शिक्षा कार्यालयको भनाई छ ।

शिक्षा नियमावलीमा कुनै पनि शिक्षक जानकारी विना लगातार १५ दिन विद्यालयमा हाजिर नभएको पाईएमा स्वतह जागिरबाट बर्खास्त गर्ने प्रावधान छ । तर शिक्षा कार्यालयले यसमा कुनै कडा कदम चाल्न सकेको छैन् । शिक्षकहरु चैत्र ९ गतेदेखि बैशाख ३१ गतेसम्म कुनै दिन विद्यालय हाजिर भएका छैनन् ।

विद्यालयमा कति विद्यार्थी छन्, त्यो पनि एकीन छैन् । सेवा क्षेत्रका अभिभावकले गएको वर्षपनि प्रअको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै जिल्ला शिक्षा कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए ।

उसोत विद्यालयमा हालसम्म पाठ्य पुस्तक समेत पुगेका छैनन् । पाठ्य पुस्तकका लागि रकम विद्यालयको खातामा हालेपनि त्यो खर्च गरे नगरेको समेत खबर छैन् । प्रअको जिम्मेवारी हुने भएकोले आफूलाई जानकारी नभएको विव्यसले बताएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura