• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

बाजुरामा ८० प्रतिशत योजना सम्पन्न

बाजुरा, जेठ ७ गते
जिल्ला समन्वय समिति बाजुरा अन्तरगतका योजनाहरु ८० प्रतिशत योजनाहरु सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिको अनुदान कार्यक्रम,नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, जल स्रोत व्यवस्थापन परियोजना, कर्णाली स्वरोजगार लगायतका कार्यक्रमहरुको सम्पन्न भएको जिल्ला समन्वय समिति बाजुराका सुचना अधिकारी तथा आलेप पाचौं मनीराम खत्रीले जानकारी दिनु भएको छ ।

खत्रीले दिएको जानकारी अनुसार पुर्वाधार तथा निर्माणका कार्य अनुगमन गर्दा केही सम्पन्न र केही सम्पन्न हुन बाकी रहेका योजनाहरुको समयमै सम्पन्न गर्न उपभोक्तालाइ निर्देशन अनुसार जिल्ला समन्वय समितिका योजनाहरु ८० प्रतिशत सम्पन्न भएको बताउनु भयो ।

योजनाहरु मध्ये सम्पन्न हुन बाकी रहेका जेठ भित्र सम्पन्न गरी सक्नुपर्ने खत्रीको भनाइ रहेको छ । विगतको वर्ष झै यस वर्ष काम नगरी भुक्तानी लिने प्रचलनलाई न्युनिकरण गर्नका लागि समयमै उपभोक्ताहरुलाइ सम्झौता गराइ निर्माण कार्य भएकाले यो वर्ष समयमै योजनाहरु सम्पन्न भएको स्थानिय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनु भएको छ ।

जिल्लामा सुख्खा खडेरी प्रभावित क्षेत्रमा चामल कार्यक्रम मन्त्रलायका योजनाहरु र अन्य अनुदानका योजनाहरु समय मै नआउदा सम्झौता चैत बैशाखमा गर्नुपर्ने बाध्यता रहेको पौडेलको भनाइ रहेको छ ।

विगत दुइ वर्ष पहिलेको योजनाको अवस्था र यस वर्षको योजनाहरुको निर्माण कार्य भने फरक भएको बताइएको छ । योजनाहरु सु सम्पन्न नहुन्जेल सम्म कोही कसैलाई पनि भुक्तानी नगर्ने जिल्ला समन्वय समितिको योजना रहेको छ । प्राविधिक स्टमेट अनुसार योजनाको काम नभए कार्य सम्पन्न भएका अनुसारको मात्र भुक्तानी दिने बताइएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura