• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

१० परिवार एमालेमा प्रवेश

बाजुरा, जेठ ७ गते
जिल्लाको बडिमालिका नगरापलिका ७ जिल्लीका स्थानीय १० परिवार काँग्रेस र माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । काँग्रेस र माओवादीले जनताको हितमा काम गर्न नसक्ने र नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै एमालेमा प्रवेश गरेको बताएका छन् ।

नव प्रवेशीलाई जिल्लीमा आयोजित कार्यक्रमका बीच प्रवेश गराईएको छ । प्रवेश हुनेमा माओवादी केन्द्र परित्याग गरी थोले दमाई, बादुरे दमाई, गोरे दमाई, काँग्रेसबाट अंगे दमाई, इन्द्र नेपाली, थिउरी नेपाली, मन्धरी नेपाली, धौली नेपाली, चैते दमाई सुना नेपाली सहीत १० परिवार एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार धर्मराज पाध्याय, एमाले नेता लक्षी विक, नन्दराम पण्डित, खडकलाल जैशी, अनेरास्ववियुका अध्यक्ष जंग विक लगायतको सहभागिता रहेको भानुभक्त जैशीले जानकारी दिनु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura