• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

६ लाख ५० हजार लगानी गरेर मिल सञ्चालन

बाजुरा, जेठ ८ गते
जिल्लाको बाह्विसका कैलाश सुनारले कैलालीको अत्तरिया बजारमा सुनचाँदी पसल छोडेर मिल व्यवसाय गरेर राम्रो आम्दानी गरिरहनु भएको छ । सुनचाँदी व्यवसायबाट सन्तुष्ट नभएपछि सुनारले कुटानी पीसानी मिल सञ्चालन गरिराख्नु भएको छ ।

सुनचाँदी पसलमा दाईलाई राखेर सुनार विदेश जाने मनस्थिति बनाएका सुनारले विदेशबाट फर्किएका युवाहरुको कथा सुनेर स्वदेशमै काम गरेर जीवन निर्वाह गर्ने निर्णय गर्नु भएको थियो । हाल सुनारले बुढीगंगा नगरपालिका ९ मा कुटानी पीसानी मिल सञ्चालन गरेर बसीराख्नु भएको छ ।

गएको साउनबाट ६ लाख ५० हजार लगानी गरेर मिल सञ्चालन गरेकोे सुनारको भनाई रहेको छ । गाउँमा विजुली छैन्, तरपनि उनले जनेरेटर बाटै मिल सञ्चालन गरिरहेका छन् । मिलबाट राम्रो आम्दानी छैन, तरपनि विदेशमा गएर गाली, अपमान र दुखकष्ट सहनु भन्दा आफ्नै ठाउँमा थोरै आम्दानीमा पनि रमाउनु पाएको खुसी लागेको उहाँको भनाई छ ।

सुनारले मासिक परिवार खर्च, डिजेल र कर्मचारी सबैको खर्च कटाएर ८ देखि १० हजारसम्म बचत हुने गरेको बताउनु भएको छ ।

सुनार जातिको सुनचाँदी व्यवसाय परम्परागत पेशा नै हो । मिल सञ्चालपछि बाह्विसका स्थानीयले राहत पाएका छन् । सबैभन्दा बढी महिलाहरुका लागि सहज भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura