• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

बृहत साँस्कृतिक कार्यक्रम सकियो

बाजुरा, जेठ ८ गते
देउडा सँस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि आयोजित बजोड साँस्कृतिक कार्यक्रम  सकिएको छ । कुल्देवमाडौंको फालासैनमा बडिमालिका म्यूजिक एण्ड दोहोरी साँझ धनगढी कैलालीद्धारा आयोजित समुधुर संगीत संगम भव्यताका साथ सम्पन्न भएको छ ।

कलाकार लालबहादुर थापाको संयोजनमा आयोजित कार्यक्रममा ५ हजार बढीको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । लामो समयपछि आयोजित कार्यक्रम भएकोले पनि उपस्थिति दर्शकहरुको बाक्लो उपस्थिति रहेको सहकर्मी खडक थापाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा कलाकार नरेन्द्रराज रेग्मी, लालबहादुर थापा, राजाराज भाट पार्वती बुढा, रंग नेपाली भवानी रेग्मी, जनक साउँद, भिम विष्ट, कल्पना ढुंगाना, लीला केसी लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । देउडा हस्तीको जमघटले फालासैन दिनभर देउदामय बनेको थियो ।  
 


Loading...
Radio Bajura
Radio Bajura