• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

४ लाख ९० हजार ८ सय १६ रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग

बाजुरा, जेठ ८ गते
जनस्वास्थ्य सेवामा गुणस्तरीयता ल्याउन तीन वटा स्वास्थ्य संस्थालाई अत्यावश्यक सामाग्री सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोग सामुदायिक बिकास केन्द्रको आयोजना र पीसविनसँगको समन्वयमा जयबागेश्वरी, काँडा र टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सेवा सामाग्री सहयोग गरिएको हो ।

सहयोग सामाग्री गुड नेवर्स इन्टरनेशनल, बाजुराका जिल्ला कार्यक्रम संयोजक विष्णु भुषालले जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचद्र विश्वकर्मालाई हस्तान्त्रण गर्नु भएको हो । सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन दुर्गम गाउँ क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य साम्रागी सहयोग गरिएको कार्यक्रम संयोजक विष्णु भुषालले बताउनु भएको छ ।

तीन वटा स्वास्थ्य संस्थामा अति आवश्यक र स्वास्थ्य संस्थाको मागका आधारमा ४ लाख ९० हजार ८ सय १६ रुपैया बराबरको सामाग्री सहयोग गरिएको छ । जसमा कांडामा १ लाख ७० हजार १ सय ११, जयवागेश्वरीमा १ लाख ४७ हजार ५८ र १ लाख ७३ हजार ६ सय ४७ रुपैया बराबरको सामाग्री सहयोग गरिएको छ ।

बेतालमाण्डौंमा आयोजित हस्तान्त्रण कार्यक्रममा डाक्टर रुपचन्द्र विश्वकर्माले राज्यले एकै साथ सै स्वास्थ्य संस्थालाई पुग्ने गरी भौतक उपकरण उपलब्ध गराउन नसक्ने हुँदा गुड नेर्भसले गरेको सहयोगको प्रशसा गर्नु भएको छ । करिब ५ लाख को सहयोगले स्वास्थ्य कार्यायलाई ठूलो सहयोग पुग्ने भन्दै सामाग्रीको सही सदुपयोगमा जोड दिनु भएको छ ।

आवश्यक सामाग्री नहुँदा उपचार सेवामा समस्या भईरहेको बेला सहयोग सामाग्रीले सेवा प्रवाहमा सजिलो हुने जयवागेश्व्री स्वास्थ्य चौकीका सिअहेव नरबहादुर थापाले बताउनु भएको छ । पीसविन जनस्वास्थ्य सहायक चित्रराज जोशीले सञ्चालन गर्नु भएको कार्यक्रममा परियोजना व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र जैशीले सहयोग पछि उपकरण विना सेवा दिनु पर्ने समस्या हट्ने विश्वास व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका विष्णु खड्का, परियोजना व्यवस्थापन सदस्य दिपक बाँनीया, स्वास्थ्य चौकीका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो । सहयोग स्वरुप डे«सिङ टेय, हस्पीटल बेड, इएनटी सेट, डेन्टल चियर, डेन्टल सेट लगायत २० बढी किसीमका सामान रहेका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura