• अहिले तरंगमा--
    केहि छिनमा-- बिबिसी नेपाली सेवा (बिहानी पख)

ताजा हालखबर

पाण्डुव गुफा १ र २ पूर्ण खोपयुक्त घोषणा

बाजुरा, जेठ ८ गते
जिल्लाको पाण्डव गुफा गाउँपालिका १ र २ वडा पूर्ण खोपयुक्त घोषणा गरिएको छ । १६ देखि २३ महिना उमेर समूहका सबै बालबालिकाले खोपको मात्रा पाएपछि वडालाई एक भव्य समारोहका बीच घोषणा गरिएको हो ।

दुई वटा वडामा रहेका १५१ जना बालबालिका मध्ये सबैजनाले खोप सेवा पाएपछि घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सञ्जय महासेठले बताए । साविक गाविसको रुपमा जगन्नाथ ११ औं स्थानमा घोषणा भएको हो ।

ज्योतीलाल विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व जिल्ला विकास समितिका सदस्य कर्णबहादुर विष्ट रहेका थिए, भने एमाले नेता मनबहादुर विष्ट र काँग्रेस नेता देवीलाल विष्ट विशिष्ठ अतिथि रहनु भएको थियो ।

अभियान साविक कुल्देवमाडौं गाविसबाट सुरु गरिएको थियो । त्यसपछि क्रमश कुल्देवमाडौं, कोल्टी, डोगडी, कैलाशमाडौं, छतारा मानाकोट, जयवागेश्वरी, गुदुखाती, आटीचौर गाविस घोषणा भएका छन् ।

बसोबास गर्ने बालबालिका मध्ये ९० प्रतिशतले सो अवधीभर पाउनुपर्ने सम्पूर्ण खोपको मात्र पाएपछि घोषणा गर्ने प्रावधान छ । मापदण्ड अनुसार विसीजी, डिपीटी, पोलियो, दादुरा, रुबेला लगायत ९ प्रकारका खोपहरु पाएका हुनु पर्ने हुन्छ ।

खोपयुक्त गाविस घोषणाका लागि जन्मदेखि १ वर्षमुनिका बिसीजी देखि दादुरासम्मका सबै खोपहरु नियमित पाएको हुनु पर्ने प्रावधान गरिएको छ । कोही पनि बालबालिका खोपबाट वञ्चित नहुन र पाएको बारे सबैलाई जानकारी दिने उद्देश्य सहीत स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले देश व्यापी अभियान सञ्चालन गरिरहेको छ ।

बाजुरा स्वास्थ्य सेवा प्रवाह र गुणस्तरीय सेवा प्रवाह गर्ने शिर्ष १० मध्ये यो वर्ष छैटौं स्थानमा परेको छ । घोषणा कार्यक्रममा स्वास्थ्य शिक्षासँग सम्बन्धीत विविध साँस्कृति कार्यक्रम र स्वास्थ्य आमा समूह बीच देउडा गीतपनि प्रस्तुत गरिएको छ । कार्यक्रममा ५ सय बढीको सहभागिता रहेको सहकर्मी नरेश नाथले बताउनु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura