• अहिले तरंगमा--
    केहि छिनमा-- बिबिसी नेपाली सेवा (बिहानी पख)

ताजा हालखबर

मुहारमा खुसी ल्याउन उम्मेदवारी : बोहरा

बाजुरा, जेठ १५ गते ।
नेकपा एमाले नेता एवं बुढीनन्दा नगरपालिकाका मेयरका उम्मेदवार जनक कुमार बोहराले सबै नगरबासीको मुहारमा खुसी ल्याउन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । रेडियो कार्यक्रम साझा सरोकारसँग कुरा गर्दै बोहराले दुर्गमका समस्या र संभावनाको प्रतिनिधित्व गर्न उम्मेदवारी दिएको बताउनु भएको छ ।

भष्टाचार मुक्त नगर बनाउनु पहिलो काम हुने बताउँदै बोहराले सुखी जनता समृद्ध बुढीनन्दा भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएको बताउनु भएको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेपनि सिंगो बुढीनन्दा बासीको साझा उम्मेदवारका रुपमा बुझेर मतदान गर्न आग्रह गर्नु भएको छ ।

कोल्टी क्षेत्रको मुहार फेर्नकै लागि सक्षम युवाहरुको उम्मेदवारी रहेको बताउँदै गलत प्रचार र झुटो आश्वासनको राजनीतिबाट सचेत हुन आग्रह गर्नु भएको छ । स्वार्थभन्दा माथि उठेर नगरको हित गर्ने नेतृत्व रोज्ने अधिकार बुढीनन्दा बासीसँग भएकोले जनताको मर्म र भावनाको प्रतिनिधित्व हामीले गर्ने बताउनु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura