• अहिले तरंगमा--
    केहि छिनमा-- बिबिसी नेपाली सेवा (बिहानी पख)

ताजा हालखबर

अवैध मदिरा बरामत

कोल्टी, जेठ १५ गते ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रहरीले सक्रियता बढाएको छ । शान्ति सुरक्षाको अवस्था बलियो बनाउन प्रहरीले खटन पटन देखि सक्रियता बढाएको छ । मतदान केन्द्र तथा मतदान स्थलको अनुगमनका क्रममा ६७५ लिटर अवैध घरेलु मदिरा बरामत गरिएको छ ।

प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी नेतृत्वको टोलीले हिमाली गाउँपालिका ६ बाँधुमा उत्पादन गरिराखेको अवैध मदिरा बरामत गरी नष्ट गरिएको हो । कानुनी रुपमा नै उत्पादन तथा विक्री वितरणमा बन्देज गरिएको अवैध घरेलु मदिरा ६७५ लिटर र ५ लिटर कच्चा पदार्थ बराम गरि नष्ट गरिएको प्रहरी निरीक्षक सुदाम रावलले बताउनु भएको छ ।

गाउँमा अवैध घरेलु मदिराको उत्पादन वृद्धी भएको जनगुनासो बढीरहेको जनगुनासो बढीरहेका बेला प्रहरले गाउँमा रहेका स्थानीय बजारको अनुगमनलाई तिब्र बनाएको छ । मदिरा सेवनका कारण झै झगडा र आपसी विवादका घटनाहरु बढ्ने र निर्वाचनको मावल बिग्रीने भन्दै प्रहरीले कडा अप्रेशन सुरु गरेको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले जानकारी दिनु भएको छ । प्रहरीले मार्तडी, कोल्टी, बाम्का लगायतका बजारलाई थप कडाई र निगरानी गर्ने भएको छ ।  
 


Loading...
Radio Bajura
Radio Bajura