• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

छात्रावास बनाउन दुई लाख सहयोग

बाजुरा, जेठ १५ गते
महिला छात्रावास निर्माणका लागि नेपाल स्कुल अफ साइन्सेस (निस्ट)ले मार्तडीस्थित मालिका माध्यमिक विद्यालयलाई दुई लाख रुपियाँ सहयोग गरेको छ । मार्तडीमा आयोजित एक समारोहमा निस्टका संस्थापक डा. माधव बरालले दुई लाख रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक शुभराज तिमिल्सिनालाई हस्तान्तरण गर्नु भएको हो ।

काठमाडौँको प्रतिष्ठित निजी कलेज निस्टका तर्फबाट डा बरालले विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्रीसमेत प्रदान गर्नु भएको प्राचार्य शुभराज पाध्यायले बताउनु भएको छ ।

सुरुवात मात्र भएकोले आगामी दिनमा पनि सहयोग निरन्तर रहनेछ, डा. बरालले बताउनु भएको छ । छात्रा बहिनीहरुले बजारमा बस्नु असुरक्षा हुने र उनीहरुले त्रसित वातावरणमा शिक्षा आर्जन गर्नु पर्ने समस्यालाई मध्यनजर गर्दै सुरुवादका लागि सहयोग गरिएको बरालको भनाई छ ।

निस्टले आफ्नो रजत महोत्सव पनि बाजुरामा मनाएको छ । त्यस अवसरमा नै नृत्य प्रतियोगिता गरिएको थियो । ६ वटा विद्यालयले भाग लिएको प्रतिस्पर्धाका विजेतालाई नगद तथा प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । यही अवसरमा डा बरालले जिल्लाका एसएलसी प्रथम हुने विद्यार्थीलाई स्नातकोत्तरसम्म छात्रवृत्तिमा पढाउने घोषणा पनि गर्नु भएको छ ।

कार्यक्रममा सुदूरपश्चिमका क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक लालजंग चौहानले मालिकामा बन्न लागेको महिला छात्रावास निर्माणमा आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनु भएको छ ।

विद्यालयका प्रअ शुभराज पाध्यायले टाढाटाढादेखि सदरमुकाममा पढ्न आउने विद्यार्थीलाई गाउँमा उचित आवासको व्यवस्था नभएको, डेरा पनि सहजै नपाइने र पाइए पनि अध्ययनका लागि उचित वातावरण नपाउने भएकाले शैक्षिक गुणस्तरमा प्रभाव परिरहेको बताउनु भएको छ ।

करिब दुई हजार विद्यार्थी अध्ययनरत विद्यालयमा ४५ प्रतिशत छात्राको संख्या रहेको विद्यालयमा सहयोगी दाताहरुसँगको सहकार्यमा एक करोड ५० लाख रुपियाँ लागतको छात्रावास निर्माण गर्ने लक्ष्य विद्यालयले राखेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura