• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

छेडेदह गाउपालिकामा ओलीको जित सुनिश्चित गर्न चार जना काँग्रेस नेता एमालेमा प्रवेश

बाजुरा, जेठ २१ गते ।

बाजुराको छेडेदह गाउँपालिकामा लालबहादुर ओलीको जित सुनिश्चित गर्न चार जना काँग्रेस नेता एमालेमा प्रवेश गरेका छन् । योग्य, सक्षम र गाउँ निर्माणमा योगदान गर्न सक्ने व्यक्तित्व ओलीलाई जिताउन २ जना काँग्रेस जिल्ला कार्य समिति सदस्य र २ जना गाउँ कार्य समिति पूर्व सभापति एमालेमा प्रवेश गरेका हुन् ।
  

प्रवेश गर्नेमा काँग्रेस जिल्ला कार्य समिति सदस्य दलबहादुर बुढा, पदम नेपाली, डोगडी गाउँ ईकाई समितिका पूर्व सभापति ध्वजबहादुर बुढा र काँग्रेस नेता एवं पूर्व पञ्च शेरबहादुर धामी एमालेमा प्रवेश गरेका हुन् ।
    

३ दशक लामो काँग्रेसको राजनीतिक जीवन परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले छेडेदह गाउँ संगठन कमिटी संयोजक दिपक रावतले बताए । चारै जनालाई नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्दीय सदस्य लालबहादुर थापा र अध्यक्षका उम्मेदवार लालबहादुर ओलीले औपचारिक कार्यक्रमका बीच प्रवेश गरेका छन् ।
    

पदम नेपाली र ध्वज बहादुर बुढा साविक डोगडी गाविसका हुन् । भने दलबहादुर बुढा आटीचौर र शेरबहादुर धामी गुदुखातीका हुन् । चारै जना स्थानीय स्तरमा राम्रो पकड र प्रभाव भएका मध्ये गनिन्छन् । छेडेदह गाउँपालिका काँग्रेसको गडका रुपमा मानिन्छ ।
  

 स्थानीय तह निर्वाचनमा सामाजिक विकास र सचेतना फैलाउने अभियानको अगुवाई गरिरहेका ओलीनै उम्मेदार बनेपछि जित सुनिश्चित गर्न एमालेमा प्रवेश गरेको पदम नेपालीले बताए । गरिब, विपन्न, दलित महिलाका लागि ओली जि ले धेरै गर्नु भएको छ, धेरैको साहरा हुनु भएको छ, उहाँ जस्तो व्यक्ति उम्मेदवार बनेपछि आस्था र विचार भन्दा माथि उठेर समर्थन गर्न एमालेमा प्रवेश गरेको नेपालीको भनाई छ ।
  

 नेपाली २०५० सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । २५ वर्ष काँग्रेस राजनीतिमा सक्रिय र तीन कार्यकाल काँग्रेस डोगडी गाउँ ईकाई समितिको सभापति बनेका ध्वजबहादुर बुढाले पनि अढाई दशक देखिको विकासे अनुभव र अन्तरदेशीय सम्बन्ध तथा समृद्धीको योजना भएको व्यक्तिलाई जिताउन एमालेमा प्रवेश गरेका बताए ।

काँग्रेस व्यक्ति, परिवार र आफन्तको पार्टी बन्यो, काम गर्नेको भन्दा खुरापात र चाकडी अनि धनीहरुको पार्टी बन्यो, काँग्रेसबाट मुक्तीको कल्पना नै गर्न सकिदैन्, २५ वर्ष काँग्रेसका लागि बिताएकोमा पश्चाताव भईरहेको छ, मलाई एक लोटा पानी सम्झीनेहरुका लागि शक्ति देखाउने पालो आएको छ, देखाएरै छोड्छु, बुढाले भने ।

२०४८ देखि हालसम्मका कुनै निर्वाचनमा मूल्याङ्कन नभएन, २ कार्यकाल जिल्ला कार्य समितिमा बिताएँ, प्रयोग मात्र गरियो, काँग्रेसको किल्लालाई लाल किल्ला बनाउन एमाले भएको हुँ, त्यो बनाएरै छोड्छु, भविष्य पनि एमालेमै देखेको छु, त्यसको अगुवाई ओली भाईले गर्छन, दलबहादुर बुढाले प्रवेश कार्यक्रममा भावुक हुँदै भने ।

काँग्रेसले उठाएको उम्मेदवारसँग ओलीको तुलना गर्नु ओलीको योग्यता माथिको अन्याय हो, मलाई पद चाहिएको थिएन्, काम गर्ने अवसरको खोजीमा थिएँ, त्यो अवसर काँग्रेसले कहिल्यै दिएन, अयोग्य, योजना नभएको नेतालाई अन्धभक्त भएर समर्थन गर्नु भन्दा समाजको विकास गर्न सक्ने मान्छेलाई रोज्नु न्याय हो, भन्ने मान्यताले काँग्रेस छोडेको गुदुखातीका शेरबहादुर धामीले बताए । धामी पूर्व पञ्चपनि हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मनबहादुर रावतले ओलीलाई समर्थन गर्ने बताएका छन् । म माओवादी पनि छैन्, एमाले पनि हुदैन, तर छेडेदहमा ओलीको आवश्यकता छ, त्यस कारण ओलीलाई मेरो समर्थन हुन्छ, रावतले भने । उनले सार्वजनिक कार्यक्रमका बीच ओलीलाई जिताउन अपिल गरे ।

ओली एमालेको उम्मेदवार मध्येकै योग्य, सक्षम र वौद्धिक नेताका रुपमा चिनिन्छन् । मानव अधिकार एलाईन्सको केन्द्रीय उपाध्यक्ष समेत भएका ओलीले गाउँलाई नमुना र अरुले सिक्न योग्य बनाउनकै लागि उम्मेदवारी दिएको बताएका छन् । पीसविन नामक गैर सरकारी संस्था मार्फत सामाजिक कार्यमा लागेका ओलीले  स्थानीय दशरथ माविमा १३ महिना निशुल्क पढाउने काम पनि गरे । विद्यालयलाई नमुना बनाउने लक्ष्य सहीत अध्यायपन कार्यमा संलग्न ओलीलाई तत्कालित अवस्थामा काँग्रेसले काम गर्न अवरोध गरेका थिए । पछि उनले गाउँमा सरसफाइ अभियान सञ्चालन गरे ।

गाउँमा हुने छुवाछुत, विभेद र सामाजिक कु मान्यताका विरुद्ध एक्लैले संघर्ष गरेर २०५० सालमै गाउँमा दलित र गैर दलित बीच सहभोज समेत आयोजना गरे । जुन कार्यबाट साविक आटीचौरका दलित समुदाय प्रभावित बनेको थियो ।


Loading...
Radio Bajura
Radio Bajura