• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

धरान उपमहानगरपालिकामा दलीय विवाद समाधान नहुँदा मतगणना अन्यौलमा

काठमाडाैं, असार २० गते 

सुनसरीको धरान उपमहानगरपालिकामा दलीय विवाद समाधान नहुँदा मतगणना अन्यौलमा परेको छ । फेरि मतगणना गर्ने विषयमा गठबन्धनको नेतृत्वमा माओवादी केन्द्रबाट अडान आएपछि सहमति हुन सकेको छैन ।

सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा सुरु हुन नसकेको मंगलबार रातीबाट स्थगित मतगणना सुरु भएको छैन । माओवादी केन्द्रसहितको गठबन्धनले पुनः मतगणनाको माग गरेपछि गणनाकार्य स्थगित भएको थियो । १ देखि ८ नम्बर वडाको मतगणना भएर घोषणा भइसकेको छ । ९ र १० वडाको मतगणना जारी छ ।

एमाले जित्ने निश्चित भएपछि गठबन्धनले विवाद सुरु गरेको हो । धरान ९ को मत ‘टोटलिङ’ गर्ने क्रममा संघीय समाजवादी फोरम नेपालका उपमेयरका उमेदवारको मत नेकपा मालेका उमेदवारको पक्षमा राखेको तथा ११ नम्बर वडाको मत एमालेका उमेदवारको नाममा राखेको गरेको भन्दै विवाद सुरु भएको थियो ।

माओवादी केन्द्रसहितको गठबन्धनका कार्यकर्ताले मतगणना स्थलबाहिर नाराबाजी गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । धरान उपमहानगरमा एमालेका तर्फबाट मेयरका उमेदवार तारा सुब्बा, नेपाली कांग्रेसका मेयरका उमेदवार तिलक राई, माओवादी केन्द्रबाट अइन्द्र विक्रम बेघा उठेका छन् । पछिल्लो मतपरिणाम सार्वजनिक हुँदासम्म एमाले अगाडि छ भने दोस्रो स्थानमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छ ।


Loading...
Radio Bajura
Radio Bajura