• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

सेक्सी नायिका पूजा यसरी बनिन् ‘आमा’

चरित्र अभिनयबाट फिल्ममा प्रवेश गरेकी अभिनेत्री पूजा रिजाल अभिनित फिल्म ‘मेरी कुसुम’ रिलिजको तयारीमा छ । यो फिल्ममा पूजाले आमाको अभिनय गरेकी छिन् ।

उनको डेब्यू फिल्म भने ‘उहिले बाजेको पालामा’ हो । यो फिल्म गणेश बेल्वासेले निर्माण गरेका हुन् । उनी भन्छिन्, ‘उहिलो बाजेको पालामाले नै मलाई फिल्ममा आउन प्रोत्साहन गरेको थियो ।’

भारतको चेन्नईमा जन्मिएर चर्चित बलिउड स्टार रजनीकान्तद्वारा दिइएको छाटो अभिनय प्रशिक्षणबाट पूजालाई फिल्ममा खेल्न उत्साह थपिएको थियो ।

पछिल्लो समय पूजाद्वारा अभिनित फिल्म ‘मेरी कुसुम’ रिलिजको तयारीमा छ । यो फिल्म यही साउन ६ गते रिलिज डेट पाएको छ । ‘मेरी कुसुम’ निर्माता तथा नायक मोहन बोगटी हुन् । बोगटीले पहिलो पटक फिल्म निर्माण गरेका हुन् । ‘मेरी कुसुमको अभिनय, कथा र एक्सनमा कुनै कमजोरी छैन’, पूजाले भनिन्, ‘फिल्ममा साउथ इण्डियन फ्लेभरमा मेरी कुसुम बनेको छ ।’

हुन त पूजाद्वारा चरिचत्र अभिनय गरिएको अर्को फिल्म ‘कोइला’ पनि रिलिजको डेट कुरेर बसेको छ । ‘कोइला’लाई प्रज्वल गिरीले निर्माण गरेका हुन् । पूजाले भनिन्, ‘कोइला फिल्ममा मेरो दमदार अभिनय छ । सुकुम्बासीको कथा र मेरो अभिनयमा तालमेल मिलेको छ ।’


नेपाली फिल्महरूमा चरित्र अभिनेत्रीको अभिनय गरे पनि पूजाले भोजपुरी फिल्महरूमा भने नायिकाको रुपमा काम गर्दै आएकी छिन् । उनले भोजपुरी फिल्म ‘दो दिवानी’मा नायिकाको रुपमा काम गरिसकेकी छिन् । अब पूजाले भाजपुरी फिल्म ‘बुलिट रानी’मा खेल्ने तयारी गर्दै छिन् ।

भोजपुरी र नेपाली फिल्मका लागि उनलाई काम गर्ने अफर आइरहन्छ । तर, आफ्नो निजी व्यस्तताका कारण समय दिन नसकेको पूजाले बताइन् । भोजपुरीमा किन खेल्नु भएको भन्न् प्रश्नको जवाफमा पूजा भन्छिन्, ‘खै मलाई थाहा छैन । तर, शुभेच्छुकहरूले मेरो फिगर भोजपुरी फिल्मका लागि म्याच गर्छ भन्छन् ।’

चरित्र अभिनेत्रीको अभिनय गर्दै आएकी पूजालाई चिन्नेहरू दोस्रो ‘मिथिला शर्मा’ भन्ने पनि गर्छन् । ‘मैले गर्ने चरित्र अभिनयको धेरै प्रशंसक छन्’, पूजाले भनिन् ।


Loading...
Radio Bajura
Radio Bajura