• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

मतगणनाको सुरुको दिनदेखि अग्रतामा रहेको कांग्रेसलाइ पछि पार्दै एमाले विजयी

कञ्चनपुर, असार २३ गते 

कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुखमा निकै रस्साकस्सीपछि नेकपा एमाले विजयी भएको छ। मतगणनाको सुरुको दिनदेखि अग्रता बनाई रहेको नेपाली कांग्रेसले अन्तिम समयमा आएर १६६ मतले हार व्योर्होनुपरेको छ।

नेकपा एमाले भीमदत्त नगरपालिकाका प्रमुख पदका उमेदवार सुरेन्द्रबहादुर विष्टले बिहीबार अग्रता बनाउदै शुक्रबार ११ हजार ८ सय ३१ मत प्राप्त गर्दै विजयी बनेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेदवार पदम वोगटीले ११ हजार ६ सय ६५ मत ल्याएका छन्। त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी सुशीला चन्द सिंह विजयी भएकी छन्।

उपप्रमुखमा विजयी सुशीला चन्द सिंहले १२ हजार ७ सय ७५ मत ल्याएकी छन्। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार माया पन्तले ११८३६ मत ल्याएर ९३९ मतको अन्तरले पराजित भइन्। भीमदत्त नगरपालिका कञ्चनपुरको पहिलो र जेठो नगरपालिका हो।


Loading...
Radio Bajura
Radio Bajura