• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

प्रधानमन्त्री देउवाको गृह जिल्लामा २८ वर्षिया काैशिला बनिन् गाउपालिका अध्यक्ष

डडेलधुरा, असार २३ गते 

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काठमाडौंको पद्मकन्या क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेकी २८ वर्षीया कौशिला भट्ट गाउँपालिकाको अध्यक्ष बनेकी छिन्। दोस्रो चरणको स्थानीय तह चुनावमा नेपाली कांग्रेस पार्टीको तर्फबाट उनी डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा निर्वाचित बनेकी हुन्।

 

७ स्थानीय तह रहेको डडेल्धुरामा अध्यक्षमा विजयी हुने उनी जिल्लाको पहिलो महिला हुन्। को हुन् कौशिला भट्ट? भागेश्वर गाउँपालिका अध्यक्षमा विजय भएकी भट्ट विद्यालयदेखि नै राजनीतिमा सक्रिय थिइन्। उनी अहिले पद्मकन्या क्याम्पस एकाइ समिति अध्यक्ष एवं नेविसंघकी केन्द्रीय सदस्य हुन्। उनले जिल्लाको भागेश्वरको बगरकोटस्थित गाउँको एउटा साधारण स्कुलमा माध्यमिक शिक्षा हासिल गरिन्।

 

पढाइको सिलसिलामा राजधानी पसेकी कौशिलाले पढाइ र राजनीतिलाई सँगै लगिन् र उनी गाउँपालिका अध्यक्षमा विजयी भइन्। उनी कांग्रेस डडेल्धुराका निर्वतमान सभापति रघुवर भट्ट र गोमादेवी भट्टकी छोरी हुन्। गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्छु भागेश्वर गाउँपालिकामा पाँच वर्षभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने भट्टले बताइन्। उनले भनिन्,‘अहिले भागेश्वर गाउँपालिकामा एउटा पनि टेक्निकल कलेज छैन्, मेरो कार्यकालमा एउटा टेक्निकल कलेज खोल्छु।’

 

‘महिलाका सन्दर्भमा हाम्रो समाज पछाडि नै अहिले पनि, समाजले परिवर्तन चाहेकोले मैले  चुनाव जिते’ उनले भनिन्, ‘भागेश्वर गाउँपालिका जिल्लाका अरु गाउँपालिकाभन्दा विकट छ, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीको क्षेत्रमा काम गर्छु।’

 

उनले शिक्षालाई नै मुख्य प्राथमिकता दिने बताइन्। साथै उनले गाउँपलिका पर्यटकीय दृष्टिकोणबाट राम्रो भएको बताउँदै यस क्षेत्रका पर्यटकीय क्षेत्रको विकास गर्ने बताइन्। गाउँपालिकाभित्र रहेका भगेश्वर धुरा र सायल झार्नालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उनको योजना छ।

 

अन्धविश्वास हटाउँछु उनले समाजमा रहेको अन्धविश्वासलाई हटाउने बताइन्। ‘हाम्रो समाजमा अहिले पनि महिलालाई घरबाट खुलेर बाहिर निस्कन दिँदैनन्, जसका कारण गाउँका महिलाहरु घर भित्रै खुम्चिन बाध्य छन्, उनले भनिन् त्यसैले यो अन्धविश्वासलाई हटाउन शिक्षा र जनचेतना फैलाउन जरुरी ठानेकी छु, यो पनि आफ्नो अर्को प्रमुख एजेण्डा भएको उनले सुनाइन्।


Loading...
Radio Bajura
Radio Bajura